काठमाडौं – नेपालमा कोरोना संक्रमतिको संख्या ६०३ पुगेको छ । तिमध्ये महिला संक्रमितको संख्या ७९ छ भने पुरुष संक्रमित ५२४ रहेको छ ।
२ महिने शिशु, बालबालिका, पौढ, युवा, वृद्धवृद्धा सबै उमेर समूहलाई यो संक्रमण देखिएको छ । नेपालमा अधिकांश संक्रमित १७ देखि ५० वर्ष उमेर समूहका छन् ।
हालसम्म नेपालका सातै प्रदेशमा संक्रमण फैलिएको छ भने ४२ जिल्लामा यो संक्रमण पुष्टि भएको छ ।
नेपालमा संक्रमण देखिन थालेको ४ महिना पूरा भइसकेको छ ।
आज थपिएका १९ जनासहित संक्रमित संख्या ६०३ पुगेको हो । ८७ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । यस्तै स्वमूल्याकंनको आधारमा कोरोना भएको हुनसक्ने सूचीमा ४४७ जना रहेका छन् ।
आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।
कति भयो परीक्षण ?
पिसीआर विधीबाट हालसम्म कुल ४८ हजार ८ सय १५ जनाको परीक्षण भएको छ । आरडीटि विधिबाट ९० हजार २६ जनाको जाँच गरीएको छ । गत २४ घण्टामा मात्रै पिसिआर विधीबाट २ हजार ८ सय ५६ जनामा परीक्षण गरीएको छ ।
त्यस्तै आरडीटि विधीबाट गत २४ घण्टामा मात्रै ३ हजार ७ सय ९१ जनामा जाँच गरिएको छ ।
जसमा प्रदेश १ मा १० हजार २ सय ५४, प्रदेश २ मा ६ हजार ३ सय ४४, वाग्मती प्रदेशमा २२ हजार ८ सय ११, गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जना, प्रदेश ५ मा १३ हजार २ सय ६७ जना, कर्णाली प्रदेशमा ९ हजार ३९ जना र सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० जनामा कोरोना संक्रमण भए नभएको जाँच गरीएको छ ।
क्वारेन्टाईनमा कति छन् ?
यस्तै देशभरका क्वारेन्टाईनमा ३९ हजार ८ सय ४ जना रहेका छन् । प्रादेशीक विवरण अनुसार प्रदेश नम्बर १ मा १ हजार ४ सय ५०, प्रदेश २ मा ८ हजार २ सय ३८ जना, वाग्मती प्रदेशमा ५ सय ६२ गण्डकी प्रदेशमा ८८२ जना, प्रदेश ५ मा १९ हजार ५ सय २५ जना कर्णाली प्रदेशमा ३ हजार ४ जना र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ४३ जना रहेका छन् । यद्यपी क्वारेन्टाईनबाट पनि संक्रमण फैलिरहेको र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको नभएको भनिएको छ ।
संक्रमितहरु देशका विभिन्न आईसोलेसनमा उपचार गराइरहेका छन् । प्रदेश नम्बर १ मा ६० जना प्रदेश २ मा १ सय ६६ जना वाग्मती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३ जना प्रदेश ५ मा २४७ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी कुल ५ सय १३ जना आईसोलेसनमा छन् ।
कति भए डिस्चार्ज ?
आइतवार नेपालमा थप १७ जनाले कोरोना संक्रमण जितेका छन् । कोरोनाको उपचारपछि १७ जना निको भएर घर फर्किएका हुन् ।
आइतवार नारायणी अस्पतालमा उपचार गराइरहेका बारा पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय ७ पुरुष निको भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, बुटवलको धागो कारखानामा रहेका १० पुरुष जना पिसिआर बिधिबाट परीक्षणमा नेगेटीभ आएपछि उनीहरुलाइ डिस्र्चाज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ भने उपचारपछि ८७ जना घर फर्किएका छन् ।
आज थपिएका संक्रमित कहाँका हुन् ? कस्तो छ स्वास्थ्यअवस्था ?
नेपालमा थप १९ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थय प्रयोगशाला विराटनगर, राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा १९ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार विराटनगरमा भएको परीक्षणमा मोरङ बारदशी ३ का ४५ वर्षिय पुरुषमा संक्रमण पोेजेटिभ देखिएको हो । यस्तै टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षिय पुरुष, विरगञ्ज पर्साका २५ वर्षिय, पर्साका ३४ वर्षिय पुरुष र पर्साकै नागबाका ६० वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै रौतहट घर भइ कलैयामा कार्यरत ३२ पुरुष, सर्लाहीको हरिपुर ६ का ४८ वर्षिय पुरुष, रुपन्देही सम्मरीमाइ ५ का ४० र ५० वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । यस्तै रुपन्देहीका १६ वर्षिय किशोर, काठमाडौं सोह्रखुट्टेका ७९ वर्षिय वृद्ध, नुवाकोट ककनीका ३९ वर्षिय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षण रुपन्देहीका २३, ३० र ४० वर्षिय पुरुष कपिलवस्तुका ३५, ३७ र ५२ वर्षिय पुरुष, गुल्मी मदानेका ३१ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । अहिले ४२ जिल्लामा संक्रमण देखिएको छ । ८७ जना उपचारपछि निको भएर घर फर्किका छन् ।
उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरुको कन्ट्रयाक टे«सिङ गर्ने काम भइरहेको छ । भने उनीहरुलाई अस्पताल लैजाने प्रक्रिया सुरु भएको छ ।
नुवाकोटमा पहिलोपटक देखियो संक्रमण
नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालका कुल ७७ वटा जिल्लामध्ये ४२ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । नुवाकोटको ककनीका ३९ वर्षीय एक पुरुषमा परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् ।स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।
काठमाडौंमा थपिए अर्का संक्रमित
काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा जम्मा संक्रमितको संख्या १४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौंको सोह्रखुट्टेका एक ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।
कोरोना भाईरसबारे जान्नैपर्ने ११ मूख्य जानकारी
WHO ले कोरोना भाइरसको सङ्क्रमणबारे पाठकका प्रश्नहरूमध्ये ११ वटाको जवाफ यहाँ प्रस्तुत गरिएको छ ।
१. कोरोनाभाइरसको सङ्क्रमण थाहा नहुने अवधि के हो ?
वैज्ञानिकहरूका अनुसार यसले सरदर पाँच दिनपछि लक्षण देखाउन थाल्छ । तर केही मानिसमा त्योभन्दा निकै ढिलो लक्षण देखिन सक्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले लक्षण नदेखिने अवधि बढीमा १४ दिनसम्म हुने जनाएको छ । तर केही अनुसन्धानकर्ताहरू त्यो अवधि २४ दिनसम्म हुन सक्ने ठान्छन् । त्यो अवधिबारे जान्नु र बुझ्नु निकै महत्वपूर्ण हुन्छ । त्यसले भाइरसको सङ्क्रमणको प्रकोप थप प्रभावकारी ढङ्गले नियन्त्रण गर्न चिकित्सक तथा स्वास्थ्य अधिकारीहरूलाई अवसर दिन्छ ।
२. कोरोनाभाइरस लागेर सन्चो भएपछि त्यसबाट पूर्ण रूपमा मुक्त भइन्छ ?
त्यसो भनिहाल्नु निकै हतार हुन्छ । यो भाइरस डिसेम्बर महिनाको अन्त्यदेखि मात्र देखिएको हो । तर कोरोनाभाइरस र अन्य भाइरस बारेका अनुभवले तपाईँमा रोगप्रतिरोधक क्षमता हुनुपर्छ, जसले सङ्क्रमणबाट जोगाउँछ । सार्स र अन्य कोरोनाभाइरसहरूबाट हामीले पुनःसंङ्कक्रमण भएको देख्नुपरेको छैन । चीनमा अस्पतालबाट फिर्ता पठाइएकाहरूमा पनि फेरि सङ्क्रमण देखिएका समाचारहरू आएका छन् । तर ती परीक्षणहरूबारे निश्चिन्त भएर केही भन्न सकिने अवस्था छैन । मुख्य कुरा उनीहरूमा अहिले संक्रमित छैनन् ।
३. कोरोनाभाइरस र फ्लु (रुघा–मर्की) बीच के फरक छ ?
कोरोनाभाइरस र फ्लुका कैयौँ मिल्दाजुल्दा लक्षण हुन्छन् । परीक्षणविना त्यो पत्ता लगाउन गाह्रो हुन्छ । मुख्य रूपमा कोरोनाभाइसको सङ्क्रमणमा ज्वरो र खोकी देखिन्छ । फ्लुमा सामान्यता अन्य लक्षण पनि हुन्छन् । जस्तो स्वर भासिने । जबकि कोरोना भाइरसका कारण सास फेर्न गाह्रो हुन्छ ।
४. अलग बस्दा के गर्ने ?
सेल्फ आइसोलेसन भनेको १४ दिनका निम्ति घरमा अलग भएर एक्लै बस्नु हो । काम, स्कूल वा सार्वजनिक स्थालमा नजाने र ट्याक्सी वा सार्वजनिक यातायात प्रयोग गर्नु हो । घरभित्रै पनि अन्य व्यक्तिबाट छुट्टै बस्नुपर्छ । केही सामानको खाँचो परेमा घर–कोठाको सङ्घारसम्म मगाउन सकिन्छ । तर कसैसँग भेट्नु हुँदैन । घरपालुवा जनावरबाट पनि टाढै रहनुपर्छ। यदि त्यो सम्भव नभए तीनलाई छुनुअघि र पछि हात धुनुपर्छ ।
५. दम भएका मानिसका निम्ति कोरोनाभाइरस कति खतरनाक हुन्छ ?
कोरोनाभाइरस जस्ता श्वासप्रवासको सङ्क्रमणले दमको असर झन् बढाउन सक्छ । आज्मा यूकेको सल्लाह यस्तो छः भाइरसका कारण जसलाई चिन्ता छ उनीहरूलाई दमबाट जोगिन शृङ्खलाबद्ध रूपमा विभिन्न उपायहरू अपनाउनुपर्छ । जस्तो चिकित्सहरूले दिएको सल्लाहअनुसार दम रोक्नका निम्ति सुघ्ने र तान्ने औषधिको नियमित प्रयोग गर्नुपर्छ । त्यसले कोरोनाभाइरस लगायतका श्वासप्रश्वासलाई प्रभावित पार्ने भाइरसको आक्रमणको जोखिम कम गर्छ ।
६. स्कूल बन्द हुँदा अभिभावकलाई आर्थिक सहयोग हुन्छ ?
रोजगारदाताले घरेलु समस्या टार्ने जोहो गर्न तपाईँलाई अवसर दिनुपर्छ तर उनीहरूले रकम दिँदैनन् । त्यो समयभित्र तपाईँले पर्याप्त व्यवस्था गर्नुपर्छ । तपाईँले बेतलबी बिदा पनि लिन सक्नुहुन्छ । यदि तपाईँलाई सङ्क्रमण भएमा सुविधाको निम्ति आवेदन दिन सरकारले नियमहरू खुकुलो बनाएको छ ।
७. के ढोकाको ह्यान्डलबाट पनि संक्रमण सर्छ र त्यसमा कति समयसम्म भाइरस रहन्छ ?
यदि भाइरस संक्रमित कुनै मानिसले खोक्दा हातले छोप्यो र उसले केही छोयो भने त्यो आसपासमा भाइरस फैलिन सक्छन् । ढोकाको ह्यान्डल त्यस्तो जोखिम हुन सक्ने एउटा राम्रो उदाहरण हो । भाइरस त्यस्ता ठाउँमा केही दिन जीवित रहन सक्ने विज्ञहरूको ठम्याइ छ । त्यसैले भाइरसको विस्तार र सङ्क्रमणको जोखिम कम गर्न नियमित रूपमा हात धुनु राम्रो हुन्छ ।
८. सार्वजनिक स्वीमिङ पुल (पौडी पोखरी) मा पौडी खेल्नु सुरक्षित हो ?
अधिकांश स्वीमिङ पुल (पौडी पोखरी) को पानीमा भाइरस मार्न सक्ने क्लोरिन भनिने रसायन मिसाइएको हुन्छ । त्यसैले क्लोरिन राम्ररी मिसाइएको भए स्वीमिङ पुलको प्रयोग सुरक्षित हुनुपर्छ । तर यदि उनीहरूबाट ढोकाको ह्यान्डल वा त्यस क्षेत्रमा भाइरस छरिएका छन् भने तपाईँलाई भवन वा कपडा फेर्ने कोठामा संक्रमित व्यक्तिबाट भाइरस सर्न सक्छ । र, सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछिउँ गर्दा नजिकै रहेको मानिसलाई सर्न सक्छ ।
९. कोरोनाभाइरस सार्ने वा संक्रमित हुने जोखिम कम गर्न मैले मास्क लगाउन थाल्नुपर्छ ?
चिकित्सक र सर्जनले मुखमा सधैँ मास्क लगाउँछन्, तर सर्वसाधारणले लगाउँदा त्यसले फरक पार्छ भन्ने निकै कम प्रमाण छन् । पब्लिक हेल्थ इङ्गल्यान्डले कोरोनाभाइरसबाट जोगिने उद्देश्यले मास्क लगाउन आफूले सिफारिस नगर्ने बताएको छ । स्वास्थ्य निकायबाहिर मास्कको प्रयोगले सङ्क्रमणबाट जोगिन फाइदा गर्ने भन्ने निकै कम प्रमाण भएको उसको भनाइ छ । विज्ञहरूले नियमित हात धुने र मुखमा हात र्पुयाउने बानी रोक्ने जस्ता स्वस्थ वातावरण निकै प्रभावकारी हुन्छन् ।
१०. बालबालिकामा कत्तिको जोखिम हुन्छ ?
चीनको तथ्याङ्कअनुसार सामान्यतया कोरोनाभाइरसबाट बालबालिका तुलनात्मक रूपमा कम संक्रमित भएको देखिएको छ । उनीहरूमा संक्रमणविरुद्ध सहजै लड्न सक्ने क्षमता भएकोले यस्तो भएको हुनुपर्छ । उनीहरूमा सामान्य रुघाखोकी जस्तो वा कुनै लक्षण देखिँदै नदेखिने कारणले पनि यस्तो भएको हुनसक्छ । तर आज्मा (दम) जस्ता फोक्सोका समस्याले ग्रस्त रहने गरेका बालबालिका भने सचेत हुन आवश्यक हुन्छ किनभने त्यस्ता बालबालिकालाई नयाँ भाइरसले आक्रमण गर्न सक्छ ।
११. के अरूले पकाएको खानेकुराबाट पनि संक्रमण हुन सक्छ ?
यदि संक्रमित व्यक्तिले पर्याप्त सावधानी अपनाएको छैन र सरसफाइमा ध्यान दिएको छैन भने उसले तयार पारेको खानेकुराबाट पनि अरू व्यक्तिमा भाइरस सर्न सक्छ । खोकी लाग्दा हातमा आएको अति सानो खकार वा थुकको थोपाबाट पनि कोरोनाभाइरस सर्न सक्छ । खाना बनाउनु पकाउनु र खानुअघि आफ्नो हात राम्ररी धोएर हामी सङ्क्रमणबाट जोगिन सक्छौँ ।
यो पनि पढ्नुहोस्
कोरोनाको कारण विश्वभर १ सय १७ जना नेपालीको मृत्यु, कहाँ कति संक्रमित ? (सूचीसहित)
नुवाकोटका कोरोना संक्रमित बोक्न एम्बुलेन्स पाइएन
चैत ३ गते विदेशबाट आएकालाई देखियो कोराना
नुवाकोटमा पहिलोपटक कोरोना संक्रमण पुष्टि
काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया