काठमाडौं । गत चैत ३ गते विदेशबाट नेपाल आएका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंको सोह्रखुट्टे निवासी ६९ वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
ति संक्रमण दुबई हुँदै काठमाडौं आएको बताइएपनि कुन देशबाट आएका हुन भन्ने खुलिसकेको छैन । उनको स्थायी घर गोरखा भएपनि अहिले सोह्रखुट्टेस्थित कालधारामा घर रहेको छ ।
चैत्र ३ मै नेपाल आएकालाई हाल आएर कसरी संक्रमण भए भन्नेबारे खुल्न सकेको छैन । उनलाई अहिले टेकुमा राखिएको छ ।
आइतवार उनीसहित १९ संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया