काठमाडौं । काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा जम्मा संक्रमितको संख्या १४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौंको सोह्रखुट्टेका एक ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।
आज मात्रै नेपालमा थप १९ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ । साथै ३ जनाको मृत्यु भईसकेको छ भने ८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया