काठमाडौं । नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालका कुल ७७ वटा जिल्लामध्ये ४२ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
नुवाकोटको ककनीका ३९ वर्षीय एक पुरुषमा परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।
आज मात्रै नेपालमा थप १९ जना कोरोना संक्रमित थप्उिका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।
साथै ३ जनाको मृत्यु भईसकेको छ भने ८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया