काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर, राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा १९ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार विराटनगरमा भएको परीक्षणमा मोरङ बारदशी ३ का ४५ वर्षिय पुरुषमा संक्रमण पोेजेटिभ देखिएको हो ।
यस्तै टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षिय पुरुष, विरगञ्ज पर्साका २५ वर्षिय, पर्साका ३४ वर्षिय पुरुष र पर्साकै नागबाका ६० वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै रौतहट घर भइ कलैयामा कार्यरत ३२ पुरुष, सर्लाहीको हरिपुर ६ का ४८ वर्षिय पुरुष, रुपन्देही सम्मरीमाइ ५ का ४० र ५० वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ ।
यस्तै रुपन्देहीका १६ वर्षिय किशोर, काठमाडौं सोह्रखुट्टेका ७९ वर्षिय वृद्ध, नुवाकोट ककनीका ३९ वर्षिय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षण रुपन्देहीका २३, ३० र ४० वर्षिय पुरुष कपिलवस्तुका ३५, ३७ र ५२ वर्षिय पुरुष, गुल्मी मदानेका ३१ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । अहिले ४२ जिल्लामा संक्रमण देखिएको छ । ८७ जना उपचारपछि निको भएर घर फर्किका छन् ।
नेपालमा ३ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । भने ८७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका ४२ जिल्लामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया