काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ३८२ जना कोरोनाको उच्च जोखिममा छन् । मन्त्रालयको वेवसाईट र मोबाईल एप्लिकेसनमार्फत् हालसम्म स्वमूल्यांकन गर्न आफ्नो विवरण भरेका कुल ३९ हजार ५ सय ९८ जना मध्ये हालसम्म ३८२ जना ‘रेड जोनमा’ परेका छन् । गत २४ घण्टामा मात्रै स्मूल्याकंनको लागि १६४१ जनाले यस्तो विवरण भरेकोमा थप १६ जना रेड जोनमा परेका हुन् ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरुलाई शंकास्पद, संम्भावित संक्रमितको सूचीमा राखिएको छ ।
यसैबीच आइतबार बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नरैनापुर ५ का २५ वर्षिय युवकको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो । गत वैशाख ३० गते भारतबाट आएका ती युवकमा गएरातिबाट ज्वरो र झाडापाखाला लगायतका समस्या देखिएको थियो । उनको आज बिहान क्वारेन्टाइनमै निधन भएको हो । उनको स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए। यसअघि धुलिखेल अस्पतालमा २९ वर्षिया सुत्केरी महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा निधन भएकी महिलाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ । सोहीक्रममा उपत्यकाका विभिन्न स्थानमा ४ सय बढीको नमुना परीक्षणको तयारी मन्त्रालयले गरेको छ । जसमा १ सय ५० जनाको पिसिआर र २ सय ५० आरडिटी परीक्षणका लागि नमूना संकलन सुरु भएको देवकोटाले बताए ।
आइतबार संक्रमितको संख्या २ सय ९१ पुगेको छ । ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
गत २४ घण्टामा पिसिआर विधिबाट १ हजार ४ सय ६९ वटा नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट २ हजार २० वटा गरी जम्मा ३ हजार ४ सय ८९ वटा परीक्षण भएका छन् । अहिलेसम्म पिसिआर विधिबाट २८ हजार १ सय ६० र आरडिटी विधिबाट ६७ हजार ७ सय ६९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए। प्रदेश नम्बर १ मा ९ हजार १ सय ८६, प्रदेश नम्बर २ मा ६ हजार, बागमती प्रदेशमा ११ हजार २ सय ५७ वटा आरडिटी परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२, प्रदेश नम्बर ५ मा ८ हजार ७ सय ५१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १८ हजार २ सय ७१ वटा आरडिटी परीक्षण भएको उनले बताए ।
प्रवक्ता देवकोटाका अनुसार उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी ३ सय ४६ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २४, प्रदेश नम्बर २ मा १ सय २२ र उपत्यमा ३५ सहित बागमती प्रदेशमा ७१ जना आइसोलेसनमा रहेका छन् । यस्तै गण्डकी प्रदेशमा १, प्रदेश नम्बर ५ मा १ सय १७ र सुदूरपश्चिम प्रदेशमा ११ जना जना आइसोलेसनमा रहेका छन् ।
अहिले देशभरी १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा २ हजार ६ सय १३, बागमती प्रदेशमा २ सय २७ र गण्डकी प्रदेशमा ३ सय ६० जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ११ जार ९ सय ४८, कर्णाली प्रदेशमा ६ सय ३४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ स २८ जना क्वारेन्टाइनमा रहेका छन् ।
नेपालका कुल संक्रमितमध्ये २३६ जना पुरुष र बाँकी ५५ जना महिला रहेका छन् । संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
लकडाउनकै बीच भारतबाट आएका थिए आजका मृतक
कोरोनाको कारण मृत्यु भएका बाँकेका युवक भारतबाट आएको खुलेको छ ।
मृत्यु हुनेमा जिल्लाको नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमार्फत प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
मन्त्रालयका अनुसार उनी गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका थिए ।
आज बिहान ६ बजे एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको थियो ।
उनी भारबाट फर्किएर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका थिए ।
बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो ।
क्वारेन्टाइनमा बसेका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएपछि नरैनापुरवासी त्रसित बनेका छन् ।
कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार सङ्कलन गरिएको थियो । स्वाब परिक्षणका क्रममा मृतक युवकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस अघि गत बिहीवार सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पशुपति आर्यघाटमा विद्युतीय शव दाह गृहमा दाहसस्कार गरिएको थियो । त्यस्तै आजका मृतकको पनि सुरक्षित तरिकाले शव व्यवस्थापन गरिनेछ ।
यस अघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि
मन्त्रालयले भन्यो- नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो
नयाँ बसपार्क नजिकै बस्थिन् कोरोनाबाट मृतक महिला, ‘एरिया सील’ गरिँदै
मन्त्रालयले भन्यो :कोरोनाबाट १ जनाको मृत्यु
कोरोनाकै कारण सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु
कोरोनाबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरियो
कोरोनाबाट मृत्यु भएकाको कसरी गरिन्छ अन्तिम संस्कार ?
नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २९१ पुगे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया