कोरोनाकै कारण सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी ९ दिनकी सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको बागमती प्रदेश सरकारले जनाएको छ ।

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले ती महिलाको कोरोनाकै कारण मृत्यु भएको बताए ।

‘धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका–९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएकोमा संक्रमित महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको छ । यो नतिजाप्रति दुखित छु’, दुलालले भने ।

उनले सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको पनि जानकारी दिएका छन् ।

यस्तै सम्बंधित ठाउँमा भोली बिज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गर्ने पनि दुलालले जानकारी दिए ।

दुलाल सिन्धुपाल्चोक –२ (क) का निर्वाचित जनप्रतिनिधिसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?