नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २९१ पुगे

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा ९  निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै रौतहट इशनाथ नगरपालिका निवासी ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा कोरोना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अहिलेसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा कोरोना भाइरसको महामारीका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ३६ जना संक्रमित स्वास्थ्योपचार पछि ीनको भएका छन् ।

Image may contain: text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?