स्थायी समितिको छलफल बिनै सकियो नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भर्खरै सकिएको छ।

आज (शुक्रवार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक स्थायी समितिको छलफल बिना नै सकिएको हो ।

आज बसेको बैठकमा आज राष्ट्रपति विद्या देवी भणडारीले संसदमा प्रश्तुत गर्न लागेको आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रमको बारेमा छलफल भएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमका बारेमा सचिवालयको धारणा माग गरेका थिए ।

मिति तोकेपछि २ पटकसम्म स्थगित भएको स्थायी समिति बैठकमा सचिवालय सदस्यहरूले महत्वपूर्ण सुझाव दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?