नेकपाका स्थायी कमिटी बैठक कहिले बस्ने भन्ने टुंगो छैन, तर बैठक माग्ने २० सदस्यले भ्रष्टाचार, एमसिसी, अध्यादेश र एक व्यक्तिः एक पदजस्ता विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग जवाफ माग्ने रणनीति बनाएका छन् ।
प्रधानमन्त्री ओलीले भने सरकारको ध्यान कोरोना महामारी नियन्त्रण, सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित भएकाले अहिले लामो बैठकका लागि आफू तयार नभएको जानकारी सचिवालयलाई दिइसकेका छन् ।
प्रचण्ड र नेपालनिकट नेताहरू भने स्थायी कमिटी छिटो बोलाएर ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न बाध्य पार्ने रणनीति बनाउन केन्द्रित भएका छन् । नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया