नेपालले अन्त्र्राष्ट्रिय मुद्राकोष (आईएमएफ) बाट करिब २६ अर्ब बराबरको शून्य ब्याजदरको विशेष कर्जा र्यापिड क्रेडिट फेसिलिटी (आरसीएफ) सुविधा पाउने भएको छ ।
उक्त सुविधाका लागि नेपालले गरेको आग्रहलाई आईएमएफ कार्यकारी समितिले बुधबार स्वीकृत गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । यस्तो सुविधा पाउनेमा नेपाल ५० औं राष्ट्र भएको आईएमएफले जनाएको छ ।
कोभिड १९ का कारण अर्थतन्त्र जोखिममा परेकाले आपतकालीन वित्तीय सहयोगका रुपमा नेपाललाई पनि उक्त सुविधा दिने निर्णय भएको समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया