कोरोना कहर : बितेको २४ घण्टामा ६३ हजार बढी संक्रमित, यस्तो छ पछिल्लो अवस्था (अपडेटसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण हालसम्म २ लाख ६८ हजार ४७ जनाको ज्यान गइसकेको छ । त्यस्तै ३८ लाख ७५ हजार ६ सय ५२ जना कोरोना संक्रमणको शिकार भएका छन् । संक्रमित मध्ये ४७ हजार ९ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ । भने १३ लाख २८ हजार ५ सय ९९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म विश्वका सबै देशमा कोरोना फैलिएको अवस्थामा अमेरिकामा सबैभन्दा धेरै मृतक तथा संक्रमित रहेका छन् । जहाँ यो समाचार तयार पार्दासम्म ७५ हजार ५ सय ९२ जना मानिसको कोरोनाको कारण ज्यान गनइसकेको छ । हालसम्म १२ लाख ७१ हजार ९ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा कोरोनाको कारण अमेरिकामा ७ सय बढीको ज्यान गइसकेको र ८ हजार ८ सय ८१ संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा १५ हजार ८ सय २७ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै त्यहाँ ८० लाख ८८ हजार ८ सय १८ जनामा कोरोना परीक्षण गरिएको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २६ हजार २७ जना मानिसको ज्यान गइसकेको छ । भने २ लाख ५६ हजार ८ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म संक्रमित मध्ये २ हजार ७५ जना मानिसको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा हालसम्म २ लाख १५ हजार ८ सय ५८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा १ हजार ४ सय बढीमा कोरोना संक्रमण देखिएको र २ सय बढीको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण २९ हजार ९ सय ५८ जनाको ज्यान गइसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ३० हजार बढीको ज्यान गइसकेको छ । भने २ लाख ६ हजार १५ जनामा कोरोना संक्रमण देखिएको र संक्रमित मध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा यो समाचार तयार पार्दासम्म १ हजार ६ सय २५ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । भने १ लाख ७७ हजार १ सय ६० जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ८८ जनाले ज्यान गुमाइसकेको छन् भने १ हजार १ सय ३१ नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै फ्रान्समा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म कोरोनाको कारण फ्रान्समा कोरोनाको कारण २५ हजार ८ सय ९ जना मानिसको ज्यान गइसकेको छ । भने १ लाख ७४ हजार १ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै जर्मनीमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ७ हजार ३ सय ३६ जनाको ज्यान गइसकेको छ । भने बितेको २४ घण्टामा मात्र त्यहाँ ६१ जनाको ज्यान गएको साथै १ लाख ६८ हजार ९ सय १२ जना मानिस
कोरोना संक्रमणको शिकार भएका छन् ।

छिमेकी देश भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ३७ पुगेको छ । बितेको २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण ५२ जनाको ज्यान गएको साथै १ हजार ५ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म भारतमा ५४ हजार ५ सय ३९ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । तर हालसम्म कोरोना संक्रमणबाट कसैको पनि अवस्था गम्भीर नरहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै भारतमा हालसम्म १३ लाख ५७ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।

त्यस्तै क्यानडामा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ४ हजार ४ सय ४ जनाको ज्यान गएको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म त्यहाँ ६४ हजार ८ सय १७ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । भने बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण १ सय ७२ जनाको ज्यान गइसकेको तथा १ हजार ३ सय बढीमा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?