काठमाडौं । कपिलवस्तुमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार थप दुई नयाँ संक्रमित थपिएका हुन् ।
कपिलबस्तुका १६ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको अवस्था सामान्य रहेको छ ।
यस अघि बुधवार पर्साका १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
२ महिना देखि ६६ वर्ष उमेर समुहका व्यक्तिमा कोरोना भाइरसको परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना उपचार गरि २२ जना घर फर्किएका छन् । ती मध्ये ३ जनामा पुन कोरोना संक्रमण देखिएर उपचार गराइरहेका छन् । त्यस्तै हालसम्म संभावित ३३५ जना रेड जोनमा रहेका छन् ।

यो पनि पढ्नुहोस् : नेपालका १४ जिल्लामा फैलियो कोरोना, डब्लुएचओको यस्तो चेतावनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया