काठमाडौं । काठमाडौंको गौशालामा एम्बुलेन्स र कार एक आपसमा ठोक्किएका छन् । गौशलाको मित्रपार्कबाट एयरपोर्ट तर्फ गइरहेको बा १० च ८५१३ नं. को निजि कारलाई विपरित दिशाबाट आइरहेको बा ८ छ ६९२८ नं. को एम्बुलेन्सले ठक्कर दिई सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घटनामा निजी कार चालक सामान्य घाईते भएको र दुबै सवारी साधनमा क्षति भएको तर कुनै मानवीय क्षति भने भएको छैन् ।
निजी कार चालक गोगबुं बस्ने बर्ष २९ को सविन श्रेष्ठ तथा एम्बुलेन्स चालक जिल्ला मोरङ पथरी नगरपालिका बस्ने बर्ष ३६ को राम बहादुर चौधरी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि दुवै सवारी साधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशलाको नियन्त्रणमा रहेको छ ।
एम्बुलेन्स चालक चौधरीले मादक पदार्थ सेवन गरी चलाएको साथै सवारी चालक अनुमति (लाईसेन्स) पनि नभएको समेत खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया