काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ ।
गत बैशाख २० गते बसेको बैठकले बुधवारका लागि सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । सत्ताधारी दल नेकपामा पछिल्लो समय राजनीतिक समिकरण बिग्रिएको छ ।

जसका कारण प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका नेताहरु गुटगत कित्तामा उभिएका थिए ।
आजको लागि तय गरिएको बैठक बस्नुअघि नेताहरु एक अर्कासँग भेटघाट तथा छलफलहरु बढाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया