काठमाडौं । अभ्यास सुरु गरेको जर्मनको शीर्ष डिभिजनको लिग फुटबल बुन्डेस लिगा पुन: सञ्चालन गर्न समस्या देखिएको छ । अभ्यासको क्रममा रहेका क्लबका स्टाफ तथा खेलाडीमा कोरोनाको संक्रमण देखिएपछि बुन्डेस लिगा पुन: सुरु गर्न समस्या देखिएको हो ।
बुन्डेस लिगाको अबरुद्ध सिजन मे १५ बाट सुरु गर्ने योजना रहेको छ ।
बोरुसिया मोन्चेनग्लाडबाचका दुई जनामा कोरोना संक्रणमको पुष्टि भएको छ । तर क्लबले खेलाडी तथा स्टाफको नाम सार्वजनीक गरेको छैन । क्लबले दुवै संक्रमितलाई क्वारेन्टाईनमा राखेको बताएको छ ।
त्यस्तै, कोरोनाको विश्वव्यापी प्रभावसंगै मार्च ११ बाट जर्मन फुटबल अनिश्चित समयका लागि स्थगित गरिएको थियो । परिक्षणको क्रममा मोन्चेनग्लाडबाचका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको क्लबले जनाएको छ । त्यसमध्य एक खेलाडी र एक क्लबका स्टाफ रहेका छन् ।
क्लबले अबरुद्ध सिजन पुन सुरु गर्नु अघि आफ्ना खेलाडीको स्वास्थ्य परिक्षण गरेको थियो । जर्मन फुटबल मे १५ बाट सुरु गर्ने अपेक्षा गरिएको थियो । बन्द रंगशालामा सिजनका बाँकी खेल खेलाउने तयारी छ ।
तर एक पछि अर्को गर्दै क्लबका स्टार तथा खेलाडीमा कोरोना देखिएको छ । केही दिन अघिमात्र शीर्ष डिभिजनको क्लब कोलोनका एक जना स्टाफमा कोरोनाको संक्रमण देखिएको थियो भने दोस्रो डिभिजनका क्लबका दस बढी खेलाडीमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।
सोही कारण बुन्डेस लिगाको अबरुद्ध सिजन अझ केही समय पछाडी धकेलिन सक्ने बताईएको छ । बुन्डेशलिगामा करिब ९ चरणका खेल बाँकी छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया