नासाले ३७ दिन लगाएर बनायो ‘भेन्टिलेटर’, कोरोनाको महामारीबाट बचाउने आश !

काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाईमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ठूलो राहत दिएको छ ।

कोरोना भाइरसबाट बच्नका लागि अत्यन्तै आवश्यक वस्तु निर्माण गरेर नासाले विश्वलाई केहि हदसम्म राहत उपलब्ध गराएको हो ।

नासाले कोरोना भाइरसविरुद्धको युद्धका लागि महत्वपूर्ण सावित हुनसक्ने भेन्टिलेटरको निर्माण गरेर विश्वलाई केहि राहत प्रदान गरेको हो ।

कोरोना भाइरसका संक्रमितहरु दिनदिनै बढ्दै गएको यो संकटमा नासाले बनाएको उक्त भेन्टिलेटरले केहि राहत प्रदान गर्ने आश गरिएको छ ।

स्पेस क्राफ्ट बनाउने कम्पनीद्वारा बनाइएको भेन्टिलेटरको सफल परिक्षण पनि भएको छ । यसको बारेमा स्वयं नासाले जानकारी दिएको छ ।

न्युयोर्कमा भईसकेको छ परिक्षण

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका इन्जिनियरहरुले बनाएको भेन्टिलेटरलाई भिआईटिएल (भेन्टिलेटर इन्टरभेन्सन टेक्नोलोजी एक्सेसिबल लोकली) नाम दिइएको छ ।

यो भेन्टिलेटर हाई प्रेशर वाला प्रोटोटाइप भेन्टिलेटर हो । एजेन्सीद्वारा दिइएका जानकारीका अनुसार, यहि हप्तामा न्युयोर्कको इक्यान स्कूल अफ मेडिसिनमा भेन्टिलेटरको क्लिनिकल परिक्षण् गरिएको थियो । र परिक्षण सफल पनि भएको थियो ।

अब अमेरिकाको फूड एण्ड ड्रग अथोरिटी पनि छिटै न रिभ्यु गर्ने तयारीमा छ । नासाले पारम्पिरिक भेन्टिलेटरको आपूर्तिको कमीका कारण नासाले भेन्टिलेटर बनाउन शुरु गरेको बताएको छ ।

भेन्टिलेटरका विशेषताहरु

१. यो हाई प्रेशर भेन्टिलेटर हो ।

२. यो बिशेष गरेर कोभिड १९ का संक्रमितहरुका लागि डिजाइन गरिएको भेन्टिलेटर हो ।

३. विशेष लक्षण देखिएका बिरामीहरुका लागि मात्र यो उपयोगी बन्न सक्छ ।

४. यसको डिजाइन गर्न नासाले ३७ दिन लगाएको थियो ।

नासा जेपीएलले गर्याे ट्वीट

नासाको जेट प्रोपल्शन ल्यारेटरी (नासा जेपीएल)ले यस बारेमा एक ट्वीट गरेको छ ।

ट्वीटमा लेखेको छ, ‘हामी विशेष त स्पेस क्राफ्ट बनाउँछौँ, मेडिकल डिभाइस होइन,तर यस बेला हामी सहयोग गर्न चाहान्छौँ । कोरोना भाइरसको महामारीसँग् लड्नका लागि हामीले एउटा हाई प्रेशरको प्रोटोटाइप भेन्टिलेटर बनाएका छौँ, यसलाई हामीले भाइटर नाम दिएका छौँ । हामीले यसलाई ३७ दिनमा डिजाइन गरेका हौँ र त्यसपछि न्युयोर्कको माउण्ट सिनाई अस्पतालमा यसको टेस्ट गरेका हौँ । अमेरिकाको फूड एण्ड ड्रग हथोरेटीले यसको रिभ्यु गर्नेछ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?