अध्यादेशको विरुद्ध देशभर नेविसंघले गर्‍यो विरोध प्रदर्शन

काठमाडौं । नेपाल विध्यार्थी संघ (नेविसंघ) ले केही दिनअघि सरकारले ल्याएको अध्यादेशको देशका विभिन्न ठाँउमा सांकेतिक विरोध प्रदर्शन गरेको छ ।

केन्द्रिय समितिको निर्देशन अनुसार नेबिसंघले शुक्रवार बिहान ९ बजेबाट १० मिनेट देशभर बिधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।

५(५ जनाले सामाजिक दूरी कायम गरि कालो झण्डासहित विरोध प्रदर्शन गरिएको नविसंघका अध्यक्ष राजीब ढुंगानाले जानकारी दिए ।

अध्यक्ष ढुङ्गानाका अनुसार काठमाडौं । उपत्यकामा ठाउँ ठाउँमा यसरी प्रदर्शन गरेर बिधेयक फिर्ताको माग गरेको तथा अन्य जिल्लाको हकमा प्रमुख सहरको एक ठाउँमा उभिएर प्रदर्शन भएको हो ।

यस अघि पनि नेविसंघले सरकारले ल्याएको उक्त अध्यादेशको वारेमा विरोध प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?