काठमाडौं । कोरोना भाईरसको कारण इंग्ल्यान्डका पूर्व डिफेन्डर नोर्मन हन्टरको निधन भएको छ । कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएका हन्टरको बुधबार ७६ वर्षको उमेरमा निधन भएको हो ।
लिड्स युनाइटेडका लिजेण्ड हन्टरलाई गत साता अस्पताल भर्ना गरिएको थियो । लिड्स युनाइटेडले शुक्रबार हन्टरलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको थियो ।

हन्टरले इंग्ल्यान्डको लागि २८ खेल खेलका थिए । इंग्ल्यान्डले सन् १९६६ को विश्वकप फुटबलको उपाधि जित्दा उनी टिममा रहेका थिए ।
उनले लिड्सबाट ५ सय बढी खेल खेलेका थिए । यस्तै उनले ब्रिस्टोल सिटी र बर्न्सलेबाट समेत खेलेका थिए । एजेन्सी
यो पनि पढ्नुहोस् : इंग्ल्यान्डका पूर्व डिफेन्डर नोर्मनलाई कोरोना संक्रमण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया