काठमाडौं । कोरोना भाइरसबाट स्वास्थ्य लाभ भई घर फर्केकाहरुमा फेरि कोरोना संक्रमण देखिएपछि रोग नियन्त्रणमा चुनौति थपिएको छ । कोरोना निको भएर घर फर्केकाहरुमा फेरि कोरोना संक्रमण देखिएपछि चुनौति थपिएको हो ।
दक्षिण कोरियाली अधिकारीहरुले यसको कारणबारे अध्ययन गरिरहेका छन् । कोरोना निको भएर घर फर्केकाहरुको संख्या यो समाचार तयार पार्दासम्म ५ लाख ५२ हजार बढी छन् जसको तुलनामा निको भएका र फेरि कोरोना संक्रमण देखिएकाको संख्या निकै कम छ, तर बढ्दो छ ।
विज्ञहरुका अनुसार पुन संक्रमण, रिल्याप्स र अस्थिर परीक्षण यसका मुख्य कारण हुनसक्छन् । रोग नियन्त्रण तथा रोकथामका लागि कोरिया केन्द्र (केसिडिसी) का अनुसार बिहीबार दक्षिण कोरियामा कोरोनामुक्त भइसकेका १ सय ४१ जनामा फेरि संक्रमण भेटिएको थियो ।
फेरि संक्रमण भएको भए यो सबैभन्दा ठूलो चिन्ताको विषय हुनेछ किनकी एकपटक संक्रमण भइसकेपछि मानिसमा रोग प्रतिरोधी क्षमता विकास हुने अनुमान गरिएको छ, तर केसिडिसी र विज्ञहरु दुबैले यस्तो हुने सम्भावना नरहेको बताएका छन् ।
बरु, कुनै किसिमले भाइरस रिल्याप्स वा रि–एक्टिभेसन (पुन सक्रिय) भएको हुनसक्ने केसिडिसीले जनाएको छ ।
यो पनि पढ्नुहोस् : चीनमा फेरी सल्बलायो कोरोनाको महामारी : आजमात्रै १२ सय बढीको मृत्यु
विज्ञहरु भन्छन्, रिल्याप्सको अर्थ केही समयसम्मका लागि भाइरसको कण निष्क्रिय भएको हुनसक्छ, त्यस्तै केही बिरामीमा निश्चित अवस्था वा रोग प्रतिरोधी क्षमता कमजोर हुँदा भाइरस फेरि उनीहरुको प्रणालीमा ब्युँतिएको हुनसक्छ ।
यसअघि चीन र अमेरिकामा भएको अध्ययनले नोबेल कोराना भाइरसले टी लिम्पोसाइटस् (टी सेल्स) बिर्गानसक्ने जनाएको थियो, टी सेल्सले मानिसको प्रतिरोधी प्रणाली र संक्रमणसँग जुध्ने क्षमतामा महत्वपूर्ण भूमिका राख्छ ।
कोरिया युनिभर्सिटी कलेज अफ फार्मेसीका भिरोजोलिस्ट किम जियोङ की उपचारपछिको रिल्याप्स हातले थिचिएको ‘स्प्रिङ’ जस्तै प्रक्रिया रहेको बताउँछन् ।
‘जब तपाईले स्प्रिङलाई दबाउनुहुन्छ यो सानो बन्छ । अनि जब हात झिक्नुहुन्छ यो फेरि माथि आउँछ,’ उनले भने ।
बिरामीमा पुन संक्रमण नभएर रिल्याप्स नै भएपनि यसले भाइरस फैलनबाट गरिने नियन्त्रण कार्यमा चुनौती थप्नसक्ने विज्ञहरुले औल्याएका छन् । ‘निको भएर संक्रमण फेरि ब्युँतिएका बिरामीले तेस्रो व्यक्तिमा रोग सारेका घटना दक्षिण कोरियाली अधिकारीले भेटेका छैनन्, तर यदि यस्तो संक्रमण प्रमाणित भयो भने त्यो भयङ्कर समस्या हुनेछ,’ चुङ आङ विश्वविद्यालयका प्रोफेसर तथा भ्याक्सिन विकासका विज्ञ सिओल दाई डुले भने ।
त्यस्तै, विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २१ लाख ८३ हजार ५८१ जनालाई संक्रमण भएको छ भने १ लाख ४६हजार ८५५ जनाको मृत्यु भएको छ । त्यस्तै ५ लाख ५२ हजार ७३५ जना उपचार पछि निको भएका छन् भने ५६हजार ५८८ जनाको अवस्था गम्भीर रहेको छ ।

आजमात्रै त्यहाँ थप कोरोना भाइरसका ३५१ नयाँ संक्रमित थपिएका छन् । चीन सरकारले कोरोनाको महामारी आफ्नो देशमा कम भएको भन्दै वुहान शहर सहित देशका अन्य शहरहरुमा लकडाउन खोलिसकेको छ । चीनमा अहिलेसम्म ८२ हजार ६९२ जनालाई संक्रमण भएको छ भने ८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया