काठमाडौं । इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडी र डिफेन्डर डानिली रुगानी कोरोना भाईरसबाट मुक्त भएका छन् ।
युभेन्ट्सले बुधबार प्ले मेकर माटुइडी र रुगानी कोरोनाबाट पूर्ण रुपमा निको भएको पुष्टि गरेको छ । उनीहरुको दुई पटक गरिएको स्वाब परिक्षण नेगेटिभ आएको क्लबले जनाएको छ ।
लामो समय आइसोलेसनमा बसेपछि उनीहरु कोरोनाबाट मुक्त भएका हुन् । फ्रान्सका विश्वकप विजेता ३२ वर्षे माटुइडीलाई गत मार्च १८ कोरोना भाईरस पोजिटिभ देखिएको थियो । त्यसको केहि दिन अघि रुगानीमा समेत कोरोना देखिएको थियो ।
कोरोनाको कारण इटालीमा सम्पूर्ण खेलकुद गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया