लकडाउन थप १ साता लम्ब्याउने तयारी

काठमाडौं । सोमवार अपराह्न चार बजे बालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । उक्त बैठकले लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको छ ।

स्रोतका अनुसार कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी थियो । त्यस्तै त्यहि अनुसार सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि १८ गतेसम्मका लागि लकडाउन गरेको थियो । त्यस्तै कोरोना जोखिम थप नहोस भन्नका लागि सरकारले पुनः गत चैत १६ गतेबाट २५ गतेसम्मका लागि लकडाउन थप गरेको थियो ।

यस अघि बिहीवार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने लगायतका निर्णयहरु गरेको थियो ।

हालसम्म नेपालमा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । शनिवार एकैदिन ३ जनामा कोरोना संक्रमण देखिएसँगै थप बैशाख ३ गतेसम्म लकडाउन थपिन सकिने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?