काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा थप ३ जनामा कोरोना भाइरस कोभिड १९ पोजेटिभ देखिएको छ । यससँगै नेपालमा नै रहेका एक जनामा पहिलोपटक कोरोना भेटिएको छ । यसअघि मार्च १९ मा दुबईबाट भारतको नयाँ दिल्ली हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकका भाउजु पर्ने महिलामा कोरोना संक्रमण देखिएको हो। त्यो पनि लक्षण विना नै । उनमा कारोना भाइरसको संक्रमण पोजेटिभ देखिए पनि कुनै लक्षण देखा नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।
विशेष गरी पिपिई प्रयोग नगरी संक्रमित व्यक्तिको लसपसमा वा सम्पर्कमा आएकामा सर्ने भनिएको यस आक्रमक भाइरस शरीरमा प्रवेश गरेपछि विभिन्न संक्रमण देखिने भनिएकोमा आज संक्रमित महिलामा यस्तो लक्षण देखिएको थिएन ।
संक्रमित महिलालाई प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा भर्ना गरिएको छ।
यसअघिका संक्रमित ६ जना विदेशबाट आएका मात्रै थिए। आज स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा देखिएका अरु दुई पनि विदेशबाट आएकाहरु हुन् ।
यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना संक्रमण पोजेटिभ देखिनेको संख्या ९ पुगेको छ । यसअघि पहिलो संक्रमित चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो । उनी उपचार गरी निको भएर घर फर्केका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वभर ५९ हजार २२६ जनाको मृत्यु भएको छ भने ११ लाख १८ हजार ५ सय ६२ जनामा संक्रमण देखिएको छ ।
नेपालमा ९ जना पुगे कोरोना संक्रमित, यस्तो छ संक्रमितका ‘केस हिस्ट्री’
कोरोनाको आँकडा लुकाएको विश्वव्यापी आरोपपछि बोल्यो चीन, सत्य के हो ?
कोरोनाको विषयलाई लिएर खुल्यो उत्तर कोरियाको पोल,चुपचाप गर्दैछ यस्तो काम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया