काठमाडौं । कोरोन संक्रमण पछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दुई जनाको दोस्रो रिपोर्टपनि पोजेटिभ आएको छ । नेपालमा दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको रुपमा उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
मंगलबार उनीहरुको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । र रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो । भने बुधवार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरी पुन: परीक्षण गरिने अस्पतालले जनाएको छ ।
गत चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवक तथा चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
साथै हालसम्म उनीहरु दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया