सीमामा अलपत्र नेपालीको विषयमा नायिका रेखा थापा बोलिन् – ‘अधिकार नखोसियोस्’

काठमाडौं – नायिका रेखा थापा समसामयिक विषयमा स्पष्ट अभिव्यक्ति राख्ने नायिकामा गनिन्छिन् । यसैबीच कोरोना भाइरसले आतंकित बनेको नेपालमा पनि गत दश दिन अगाडी सरकारले लकडाउन गरेको छ । तर लकडाउन गरेपछि छिमेकी देश भारतमा कामको सिलसिलामा पुगेका नेपाली सीमामा अलपत्र छन् । कोही नदी पार गरेर आएका छन् । कसैलाई प्रहरीले बल प्रयोग गरि उतै फर्काएको समाचार आइरहेको बेला नायिका थापाले स्वदेश प्रवेशको माग गरिरहेका नेपाली नागरिको अधिकार नखोस्न आग्रह गरेकी छिन् ।

आर्थिक बाध्यताको कारण विदेशिएका नेपाली कोरोनाको त्रासका कारण नेपाल भारतको सीमामा आएर रोकिएको प्रसंग उल्लेख गर्दै नायिका थापाले घर फर्किने उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेकी छिन् । “आर्थिक बाध्यता र देशमा श्रम र सिर्जनाको अवसर नपाएर विदेशिन वाध्य लाखौं नेपाली खास गरी नेपाल भारतको सीमामा आएर आफ्नो देश छिर्न पाउँ भन्ने प्यारा दाजुभाइ तथा दिदीबहिनीको रोदनले मुटु छोएको छ,” उनी आफ्नो फेसबुक पेजमा लेखेकी छिन् “पेज आफ्नो देश प्रवेश गर्न पाउने अधिकार यो बेला खोसिएको सन्दर्भमा आक्रोश र संरक्षकको अभाव कति पीडादायी होला । यताको पनि उस्तै प्राविधिक वाध्यता होला । तर आएर क्वारेन्टाइन बस्छौं, जहाँ बसाल्यो त्यही बस्न तयार छौं भन्दा पनि आउन नदिनु भनेको व्यवस्थापनको समस्या हो ।”

विदेशी नागरिक नेपालबाट जहाज चार्टर गरेर फर्केको खबर सुनिरहेका बेला युरोप, अष्ट्रेलिया, अमेरिका तथा खाडी राष्ट्रमा रहेका नेपाली सुरक्षित रहनुहोला भन्ने कामनाबाहेक केही भन्न नसकिने भन्दै यस्तो लेखेकी छिन् ।

“खिन्न लाग्छ होला, तर यहाँ हालत यस्तै छ । कसलाई गुनासो गर्नु, गरेर हुन्छ नै के रु कम्तिमा भारतको सयौं किलोमिटर भोकै नाङै हिँडेर सीमा पुगेकालाई वारी ल्याएर सेना प्रहरीकै क्याम्पमा राखेर दालभात दिँदा, २५ दिन राख्दा पनि हुन्थ्यो होला भन्ने लाग्छ,” नायिका थापा अगाडि लेख्छिन्, “सकिन्छ भने बेसाहारा बन्न नदिने व्यवस्था गरौं । परेको बेला देशले अपनाएन भने, नपरेको बेला राष्ट्रियताको भाषाणले केही फरक पार्दैन । श्रमिक र मजदुरको मन दुखाउनु हुँदैन ।”

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले विश्वलाई आतंकित बनाइरहेका बेला तिव्र रुपमा बढेको मृतक संख्याले झनै त्रास बढाएको छ । हो, भाइरस निस्केको ३ महिना अर्थात् ९० दिन भइरसकेको छ । तर यसविरुद्धको भ्याक्सिन वा औषधी पत्ता लागेको छैन । यो समाचार तयार पार्दासम्म ४७ हजार एक सय ९२ जनाको मृत्यु भएको छ भने ९ लाख ३५ हजार २ सय ८७ जना यसबाट संक्रमित छन् । एक लाख ९३ हजार ९ सय ९८ जना मानिस उपचार पछि निको भएर घर फर्किएका छन् । यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस संक्रमणको आशंकामा हालसम्म एघार सय ३३ जनाको नमुना संकलन गरी परीक्षण गरिएको छ । यस्तै कन्ट्र्याक टेसिङ को काम ८४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले हालसम्म एघार सय ३३ जनाको नमुना संकलन गरी परीक्षण गरिएको र सातै प्रदेशका आइसोलेसनमा कोरोना भाइरसको आशंकामा ९९ जना भर्ना भएको जानकारी दिएका हुन् । विभिन्न जानकारीका लागि ६ हजार ९ सय कल आएकोमा २४ घण्टामा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ मा दुई हजार ३ सय २३ कलको गुनासो समाधान गरिएको छ ।

नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएकोमा दुई जनाको काठमाडौंको टेकुस्थित शुक्रराज टपिकल सरुवा रोग अस्पतालमा विशेष निगरानीमा उपचार भइरहेको छ । अर्का एकजनाको धनगढीको सेती प्रादेशिक अस्पताल र बाग्लुङको धौवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । एक जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।
आज सरकारले आह्वान गरेको लकडाउनको दशौँ दिन हो । महामारी रोक्न र यसबाट बच्न नागरिकलाई सरकारले अपिल गरिरहेको छ । यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना कोभिड१९ भाइरस संक्रमण त्रास बढेका कारण स्वास्थ्य समस्या लिएर जाने बिरामी अस्पतालमा भौतारिनुपरेको समाचार आएपछि वीर अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामी जाँचका लागि नयाँ कक्ष निर्माण भएको छ।

उता ५ दिनमा यी तीन लक्षण देखिए तत्काल कोरोनाको परिक्षण गर्न विज्ञले सुझाएका छन् ।
कोरोना भाइरसको खतरा प्रत्येक दिन बढ्दै गईरहेको अवस्थामा मानिसहरु डराइरहेका बेला विज्ञको यस्तो भनाई आएको हो ।
एक रिपोर्टका अनुसार शुरुवाती ५ दिन भित्र शरीरमा यी ३ वटा लक्षण देखा परेको खण्डमा भाइरस अत्याधिक फैलिन सक्छ । जर्नल एनल अफ इन्टरनल मेडिसनको एक रिपोर्टका अनुसार, कोरोना भाइरसका तीन वटा लक्षण शुरुवाती पाँच दिनमा देखिएको खण्डमा तत्काल स्वास्थ्य चौकीमा गएर परिक्षण गराउनु आवश्य छ ।

१, अमेरिकी शोधकर्ताहरुद्वारा जारी यो रिपोर्टमा भनिएको छ कि, कोरोना भाइरसको चपेटामा परेका व्यक्तिहरुको शरीरमा शुरुवाती पाँच दिनमा मानिसहरुलाई सुख्खा खोकी आउन थाल्दछ ।

२, संक्रमितलाई तीव्र ज्वरो आउन थाल्छ र उसको शरीरको तापक्रम अत्याधिक बढ्दै जान्छ । अहिलेसम्म केहि हेल्थ एक्सपर्टले कोरोना भाइरस हुँदा अत्याधिक तीव्र ज्वरो आउने दाबी गरिसकेका छन् ।

३, कोरोना भाइरसको संक्रमण भयो भने शुरुवाती ५ दिनमा मानिसलाई श्वास फेर्न एकदमै असहज हुने गर्दछ । एक रिपोर्टले दाबी गरिसकेको छ कि, श्वासप्रश्वासको समस्या फोक्सोमा समस्या हुँदा देखापर्ने बताएको छ ।

नेशनल हेल्थ सेन्टर ९एनएचएस० र वर्ल्ड हेल्थ अर्गनाइजेशन ९डब्ल्युएचओ० ले पनि कोरोना भाइरसको बारेमा यिनै लक्षण देखा पर्ने दाबी गरेको थियो ।

शोधकर्ताहरुले यो रिसर्च चीनको वुहान शहर भन्दा बाहिरका बरिव ५० इलाकामा गरेको थियो । हेल्थ एक्सपोर्टले यस शोधपछि मानिसहरुलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने सल्लाह पनि दिएका छन् ।

रिपोर्टका अनुसार कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण खोकी, ज्वरो, फ्लू, इन्फेक्सन र निमोनियासँग धेरै मिल्दोजुल्दो रहेको बताएका छन् ।

तर सामान्य तरिकाले हुने फ्लू इन्फेक्सनमा केहि दिन पछि नै बिरामीहरु रिकभरी हुने र निमोनिया केहि हप्ता वा महिनासम्म रहने शोधले बताएको छ । अहिले नेपालमा जाडोयाम सकिएर गर्मि लागेको छ । मौसममा आएको परिवर्तनले सामान्य रुघाखोकी देखिन सक्छ । नआत्तिनुहोस् तर सावधान रहनुहोला ।

कोरोना महामारी : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
‘कोरोना भाईरस अमेरिकी जैविक हतियार’ : रुसी टीभीको लान्छना
कोरोना भाइरसको औषधि बनाएको अमेरिकी वैज्ञानिकको दाबी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?