कोरोना भाइरसको औषधि बनाएको अमेरिकी वैज्ञानिकको दाबी

काठमाडौं । नेटफ्ल्क्सि डक्युमेन्ट्री प्यान्डेमिकबाट चर्चामा आएका अमेरिकी साइन्टिस्ट डा.ज्याकव ग्लानविलेले कोरोना भाइरसको औषधी पत्ता लागेको बताएका छन् ।

सार्स पैदा गर्नेवाला भाइरसविरुद्ध प्रयोग गरिएको एन्टीबडीजको प्रयोगबाटै यो सफलता प्राप्त भएको बताएका छन् ।

डेली मेलको एक रिपोर्टका अनुसार क्यालिफोर्नियामा बस्नेवाला फिजिशियन र डिस्ट्रीबयुटेड बायोका सीईओ डा. ज्याकव ग्लानविलेले आफूलाई कोरोना भाइरसविरुद्धको औषधी पत्ता लागेको भन्दा खुसी लागेको बताउँदै उनले इन्जीनियरिङको काम सबै पूरा भएको र अब कोरोनाविरुद्धको लडाईका लागि एक प्रभावशाली एन्टीबडिज पत्ता लागेको बताएका छन् ।

रेडियो न्युजिल्याण्डसँग कुरा गर्दै उनले भने, ‘हाम्रो टिमले सार्सविरुद्ध सन् २००२ मा प्रयोग गरिएका ५ एन्टीबडिजहरुको परिक्षण गरेका छौँ, सार्स Cov-२ र कोविड-१९ एकै परिवारको भाइरस भएको र सार्सका ५ एन्टीबडिजबाटै कोरोनाको औषधी बनाउने प्रयाशमा रहेका छौँ ।’

अहिलेसम्म एन्टीबडिजका लाखौँ भर्जन तयार गरिसकेको बताउँदै उनले भने, हामीले उक्त भर्जनलाई म्युटेड पनि गरिसकेका छौँ,नयाँ एन्टीबडिज मानिसहरुमा परिक्षण गरेपछि त्यसको प्रयोग कोरोना भाइरसविरुद्ध प्रयोग गर्न सकिनेछ र परिक्षण सफल भएपछि सरकारी एजेन्सीसँग मञ्जुरीका लागि पठाउन सकिनेछ ।

डा. ज्याकव ग्लानविले भने, ‘यो एन्टीबडिजले एस प्रोटिन्सलाई बाइन्ड गर्दछ । जसको माध्यमबाट भाइरस शरीरमा प्रवेश गर्दछ ।

सबै रिसर्च फेरी शुरु गनुपर्ने भएकोले एन्टीबडीज तयार गर्न धेरै समय पनि लाग्न सक्छ, त्यसैले हामीले पहिलै भएका एन्टीबडिजको प्रयोग गरेका छौँ ।’

यदि यो एन्टीबडिको परिक्षण सफल भएमा शर्ट टर्मको लागि यसको प्रयोग गर्न सकिन्छ । राम्रो भ्याक्सीनले मानिसहरुलाई आजीवन रक्षा गर्दछ, तर शर्ट टर्म भ्याक्सीनले १० वर्ष सम्म सुरक्षा गर्दछ ।

कोरोनाका कारण अहिलेसम्म विश्वभरमा ४४ हजार २ सय १२ जनाको मृत्यु भएको छ भने ८ ८५ हजार २ सय ९१ ज्नामा संक्रमण देखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?