‘कोरोना भाईरस अमेरिकी जैविक हतियार’ : रुसी टीभीको लान्छना

काठमाडौं । चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाईरसले षड्यन्त्रको सिद्धान्त र दिग्भ्रमित गर्ने प्रचारवाजीका लागि सर्वत्र मलिलो जमिन दिएको छ, तर रसियनहरूले चाहिँ त्यसलाई समाचार कार्यक्रमको महत्वपूर्ण समयमा नै फैलाईरहेका छन् ।

रुसी टीभी सुनियोजित तरिकाका साथ यस्ता मसलामा, छायाँवादी शैलीका रुपमा पश्चिमा शक्तिशालीहरूमाथि दोष थोपर्ने प्रयोजनमा जोड लगाउने कामका लागि पनि अद्वितीय छ । मूख्य राष्ट्रिय टीभी नेटवर्कमध्येको एक ‘च्यानल वन्’ ले आफ्नो साँझको समाचार कार्यक्रम ‘भ्र्रेम्या’ (समय) लाई कोरोना भाईरसबारे षड्यन्त्रको सिद्धान्तका लागि खन्याउँदै नियमित सामाग्री प्रक्षेपण गरिरहेको छ ।

रिपोर्टिङको भाषा गोलमटोल हुनेगर्छ, जो दर्शकहरूलाई कुराको गुदी यही हो भन्ने धारणाको लागि पर्दाफास गरेको भान पार्नेगरी खुराफात शैलीमा तयार गरिन्छ ।

‘भ्रेम्या’ मा हालै प्रशारित गरिएको दर्शकलाई चिन्तित बनाउने विचारमध्ये एक ‘कोरोना’ शब्दको उपस्थिति हो– जसअनुसार ल्याटिन र रुसी दुवै भाषामा जसको अर्थ मुकुट भन्ने हुन्छ, कोरोनाभाईरस शब्दले डोनाल्ड ट्रम्प कुनै न कुनै रुपबाट यसमा संलग्न छन् भन्ने संकेत गर्दछ । भन्न खोजेको के भने, राष्ट्रपति ट्रम्प सौन्दर्य प्रतियोगिताको अध्यक्षता गर्नेगर्थे र विजेता सुन्दरीलाई मुकुट दिने गर्दथे ।

वास्तबमा वैज्ञानिकहरूले कोरोनाभाईरसको मुकुटजस्तो आकृतिका कारण त्यस्तै नाम दिएका हुन्, तर ‘भ्रेम्या’ को प्रस्तुतकर्ताले तत्काल यो नामकरण विचारलाई खारेज गरेर विपरीत चेतावनी प्रस्तुत गरे ।
“बकवास गर्नुहुन्छ, तपाईँ भन्नुहोला, हाम्रो समाचारदाताको रिपोर्टमा यदि यो कुरा नभएको भए म पनि तपाईँसँग सहमत हुन्थेँ” ‘भ्रेम्या’ कार्यक्रमका प्रस्तोता भन्छन् ।

जातीय जैविकहतियार

(कार्यक्रमको) पछिल्लो भिडियो मुकुट नै हो भन्ने सिद्धान्तलाई ‘अजीव रचना’ का रुपमा मान्दछ, परन्तु एक विशेषज्ञ सम्यक तरिकाले के भन्छन् भने चिनिया कोरोना भाईरसको नस्ल कृत्रिम रुपमा सिर्जना गरिएको हो र यसका पछाडि अमेरिकी गुप्तचर निकाय र अमेरिकी औषधी कम्पनीहरू छन् ।

रिपोर्टमा अमेरिकाले जर्जियामा एउटा प्रयोगशाला चलाएर मानिसहरूमाथि उसले जैविक हतियारको परीक्षण ग¥यो भन्नेजस्ता क्रेमेलिन (रुसी) मिडिया तथा अधिकारीहरूका पुराना, झुटा दावीहरूलाई पनि मिसमास गरेको छ ।

उक्त च्यानल वन सम्वाददाता अनलाईन षड्यन्त्रका सिद्धान्तलाई के उदृत गर्छन् भने नोबेल कोरोना भाईरसको नस्ल एशियालीहरूलाई मात्र प्रभावित गर्ने कुनै खालको ‘जातीय जैविकहतियार’ हुनसक्छ । उनी के पनि खुलस्त पार्छन् भने यो कुरा इन्कार गर्नका लागि स्पष्ट प्रमाण मौजुद छन्, तर सुझाबपूर्ण तरिकाले यो पनि भन्छन्, “विशेषज्ञहरू समेत जो आफ्नो आँकलनमा सचेत छन्, र भन्छन्, तर कुनै सम्भावनालाई पनि इन्कार गर्न सकिन्न ।”

कोरोना भाईरस षड्यन्त्रको सिद्धान्त च्यानल वनको मूख्य राजनीतिक संवाद प्रस्तुति ‘भ्रेम्या पोखाझेत’ (समयले बताउनेछ) मा पनि समाचार कार्यक्रमहरूमा भन्दा पनि खुलेआम रुपमा हावी भएको छ ।
यसको आसय के हुनेगर्छ भने फर्मास्युटिकल कम्पनीहरू, अमेरिका र यसका निकायहरू कुनै न कुनै रुपमा भाईरस निर्माण गर्ने काममा सहयोग पु¥याउन वा यसलाई फैलाउने कार्यमा संलग्न छन, अथवा कम्तिमा यसबारे सन्त्रास फैलाउन ।

यसो गर्नुको विभिन्न उद्देश्यमा ‘बिग फर्मा’ को मामिलामा कोरोनाभाईरसको खोप विकास गरेर मुनाफा लिन, वा अमेरिकाको हकमा आफ्नो भूराजनीतिक प्रतिष्पर्धीका रुपमा चिनिया अर्थतन्त्रलाई कमजोर बनाउन प्रहार गर्ने हो ।

अधिकारीहरूका लागि रगत जाँच
टीभीको पर्दा भन्दा बाहिर कोरोना भाईरसको महामारी, रुसी अधिकारीहरूबीच गम्भीर चिन्ताको रुपमा देखापरेको छ । चीनसँगको रेल र आवागमनलाई रोकिएको छ, र चीनबाट उद्धार गरिएका रुसीहरूलाई दुईहप्ताका लागि साईबेरियाका स्यानेटरियमहरूमा क्वारेन्टाईन गरी राखिएको छ । मस्कोको एक चर्चले पनि कोरोना भाईरसबाट मुक्ति पाउनका लागि प्रार्थना कार्यक्रमको एक सेवा आयोजना गरेको छ ।
भाईरसको संक्रमण र भय कुनै न कुनै रुपमा शीर्ष तहमा पुगेको देखिन्छ ।

रुसी दैनिक भेदोमोस्तीले जनाएअनुसार क्रेमलिनले राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित हुने कार्यक्रममा सहभागी हुने सबैको ज्वरो जाँच गर्ने गरिएको छ, जो प्रवक्ता द्मित्री पेस्कोभले ‘पूर्वसावधानीको उपाय’ भनी बताए ।

  • अनुवाद चन्द्रमणि गौतम

बीबीसी टीभी –अंग्रेजी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?