काठमाडौं । मृगको सिकार गर्न पड्काएको भरुवा बन्दुकले लागेर एक जनाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका ९ का २८ वर्षीय शिव थामीको बिहीबार मृत्यु भएको हो ।
थामीको जंगलमा लडेर मृत्यु भएको बताइएको थियो तर प्रहरी अनुसन्धानले बन्दुक पड्किएर मृत्यु भएको पुष्टि गरेको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही गाउँका ४४ वर्षीय ध्रुव थामी, २८ वर्षीय सुकवीर थामी, ४५ वर्षीय बाबुराम थामी र ३० वर्षीय बाबु थामीलाई पक्राउ गरेको छ ।
प्रहरीले तीन नाल भरूवा बन्दुक, छर्रा, बारूद, खुकुरी बरामद भएको बताएको छ। उनीहरूले बन्दुकलगायत सामग्री पनि जंगलमा लुकाइराखेको अवस्थामा बरामद गरेको जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया