काम छ भनी आफनो घर बोलाएर १७ वर्षीय किशोरीमाथि बलात्कार

काठमाडौं । रौतहटमा लकडाउनको बेला एकजना किशोरी बलात्कृत भएकी छिन् । कटहरिया नगरपालिका वडा ७ बगहीगाँउस्थित एक जना १७ वर्षीय किशोरीलाई २८ वर्षीय भाग्यनारायण साहलले बलात्कार गरेको आरोप छ ।

साहले दुईदिन अघिमात्र एकजना छिमेकीको छोरीलाई केही काम छ भनी आफनो घरमा बोलाएका थिए । घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी भाग्यनारायण साहले दिउसै ढोका थुनेर बलात्कार गरेका थिए ।

बलात्कार गरेको भिडिओ बनाएर घटनाबारे कसैलाई भनेमा भिडिओ सामाजिक संजालमा राखिदिने भन्दै साहले पटक पटक धम्की दिँदै आएका थिए । पीडितले घटनाबारे बाबु आमालाई बताएपछि घटना बाहिर आएको थियो ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले साहमाथि जबरजस्तीकरणी मुद्दा दर्ता भएको र भिडिओ बारे थप अनुसंधान भइरहेको बताए । पीडितको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण भइसकेको र आरोपी साहको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

बलात्कार गरेको घटनाबारे पीडितले आफ्ना बाबु आमालाई भने लगत्तै साह फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?