खेल्दै गर्दा पोखरीमा डुबेर दाजुभाईकै मृत्यु

काठमाडौं । पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । पोखरीको किनारमा खेल्दै गर्दा डुबेर शुक्रबार एकै घरका दुई दाजुभाईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–८, पूर्व वेलहवाका तबरेज धुनियाका छोरा १२ वर्षे सलमान धुनिया र १० वर्षे अरमान धुनिया रहेका छन् । पोखरीबाट निकालेर उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको तर अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

भाई पोखरीमा डुबेपछि उनलाई बचाउन जाँदा दाजु पनि डुबेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?