भारतबाट भर्खरै नेपाल आएका दुई जना आइशोलेसनमा

काठमाडौं । जिल्ला अस्पताल पाँचथरमा दुई जनालाई आइशोलेसन भर्ना गरिएको छ । ज्वरो आएर स्वास्थ्य परिक्षणका लागि आएका दुई जनालाई जिल्ला अस्पताल पाँचथरले शुक्रवार आइशोलेसन राखेको हो ।

भारतबाट भरखरै नेपाल आएका एक जना र उनका आफन्तलाई अस्पतालले आइशोलेसनमा राखेको जनाएको छ । उनीहरुमा कोरोना संक्रमणका बारेमा अहिले कुनै जानकारी नभएको डाक्टरले बताए । परिक्षण पछि मात्रै के हो भन्ने थाहा हुने हो । उनले भने–अहिले उनीहरुलाई सुरक्षित रहनका लागि अस्पतालमै राख्ने ब्यवस्था गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?