१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

काठमाडौं । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ व्यास नगरपालिका-२ दमौली घर भएका ४६ वर्षीय हेम सिंह शाहीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

शाहीले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका-२६ अमृतमार्ग ठमेलस्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?