सिटिजन्स् बैंकका ग्राहकलाई एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट

लोकपथ
28
Shares

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ललितपुरको बालकुमारी, खरीबोटस्थित एथलीट ल्यान्ड प्रालिमा विशेष छुट पाउने भएका छन् ।

यसका लागि सिटिजन्स् बैंक र एथलीट ल्यान्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले यस सहकार्यबाट ग्राहकलाई लाभ पुग्नुका साथै नगद कारोबारको सट्टा डिजिटल भुक्तानीलाई प्रोत्साहन मिल्ने विश्वास लिएको छ । बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न छुट तथा सुविधा उपलब्ध गराउँदै आएको छ । यस्ता सुविधाबारे विस्तृत जानकारी बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

बैंकले यसअघि फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । त्यस्तै, युवालाई लक्षित ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको छ ।

यसका साथै बैंकले मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन दिन र सीआरएन नम्बर लिन सकिने सुविधा उपलब्ध गराएको छ । अन्य बैंकका ग्राहकले समेत सिटिजन्स् बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने सुविधा बैंकले सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?