सुदूरपश्चिम रोयल्सले पायो १४६ रनको लक्ष्य

लोकपथ
28
Shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सले १४६ रनको लक्ष्य पाएको छ ।

सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेको थियो । बुधबार साँझ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य निर्धारण गरिदिएको हो ।

पोखरा एभेन्जर्सले निर्धारित २० ओभर पूरा गर्दै ७ विकेटको क्षतिमा १४५ रन जोड्न सफल भएको थियो ।

तेस्रो संस्करणको एनपीएलमा पोखराको पहिलो खेल हो भने सुदूरपश्चिमको दोस्रो खेल हो ।

यसअघि सोमबार उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग भिडेको सुदूरपश्चिम पराजित बनेको थियो ।

आजको खेलमा पोखरा एभेन्जर्सका लागि अर्जन घर्तीमगरले ४० रनको योगदान दिए । उनले २५ बलमा ४ चौका र एक छक्का प्रहार गरेका थिए ।

यसैगरी ओपनर मेहदी हसनले चार चौका र एक छक्का प्रहार गर्दै ३२ रन बनाए ।

यता पोखराका कप्तान कुशल भुर्तेलले २१ रन बनाए भने साकिब अल हसनले १४ र धनन्जय लक्ष्मणले ११ रन बनाए ।

यता सुदूरपश्चिमका लागि अनिल खरेलले तीन विकेट लिए । उनले तीन ओभरमा २३ रन खर्चिएका थिए ।

पोखराबाट सामान्य लक्ष्य पाएको सुदूरपश्चिमले आजको खेलमा जित हासिल गरी अंक तालिकामा अघि आउनुपर्ने दबाब रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?