एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, पोखराले ब्याटिङ गर्ने

लोकपथ
0
Shares

काठमाडौं । तेस्रो संस्करणको जारी नेपाल प्रिमियर लिग अन्तर्गत तेस्रो दिनको खेलमा सुदूरपश्चिम रोयल्सले पहिले बलिङ गर्ने भएको छ ।

पोखरा एभेन्जर्ससँग प्रतिष्पर्धा गर्न लागेको सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

तेस्रो संस्करणमा पोखराको पहिलो खेल हो भने सुदूरपश्चिम उद्घाटन खेलमै पराजित भएको थियो ।

साविक विजेता लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम बुधबार पुनः पोखरासँग भिड्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?