नेपालमा श्रमस्वीकृति लिएर काम गर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागका अनुसार चालू आवको पहिलो छ महिनाको अवधिमा ६२६ विदेशी नागरिकले नयाँ श्रम इजाजत लिएका छन् भने ५७१ जनाले श्रम इजाजत नवीकरण गराएका छन् ।
जसको झण्डै ७० प्रतिशत निचियाँ नागरिक रहेको विभागले जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम इजाजत र श्रम इजाजत नवीकरण गरेका १हजार १९७ जनामध्ये १९३ महिला छन् । सो अवधिमा नयाँ श्रम इजाजत लिने महिलाको संख्या ९९ छ भने इजाजत नवीकरण गर्ने महिलाको संख्या ९४ रहेको विभागले जनाएको छ । नेपालमा काम गर्ने भारतीय नागरिकको संख्या निकै ठूलो भएपनि सबै भारतीयले श्रम इजाजत लिने गरेका छैनन् । गोरखापत्रमा यो खबर छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया