मेस्सीको चार गोलमा बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा इबरलाई ५-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिकसहित चार गोल गरे । बार्सिलोनाका अर्थरले एक गोल गरे ।

बार्सिलोनाको जितमा मेस्सीले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए ।

४० औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गर्दा बार्सिलोना ३-० ले अघि रह्यो । मेस्सीको यो करियरको ४८ औं ह्याट्रिक हो ।

दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गर्यो । खेलको ८७ औं मिनेटम मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई ५-० को जित दिलाए ।

जितसँगै बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोडेको छ । र, रियल मड्रिडलाई २ अंकले पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

इबर २४ अंकसहित लिगको १६ औं स्थानमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?