एनपीएलमा कर्णाली याक्सले भित्र्यायो पाकिस्तानी कप्तान साहिबजादा फरहान

लोकपथ
0
Shares

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पाकिस्तानी टी–२० क्रिकेट टोलीका कप्तान साहिबजादा फरहानलाई अनुबन्ध गरेको छ ।

कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत ब्याटर फरहानलाई टोलीमा भित्र्याएको जानकारी दिएको हो । उनी कर्णालीमा अनुबन्ध हुने पाँचौँ विदेशी खेलाडी हुन् ।

यसअघि कर्णालीले मार्क वाटलाई निरन्तरता दिएको थियो भने अकबर अली, अरिफुल इस्लाम र हुसेन तलतलाई अनुबन्ध गरिसकेको छ ।

फरहानले पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक हजार ५५४ रन बनाएका छन् । त्यस्तै, उनले समग्र टी–२० क्रिकेटमा १८६ खेलबाट पाँच हजार ७७५ रन बनाएका छन् ।

फरहानसँग पाकिस्तान सुपर लिग (पीएसएल), लंका प्रिमियर लिग (एलपीएल) र बंगलादेश प्रिमियर लिग (बीपीएल) मा खेलेको अनुभव छ । उनको आगमनले एनपीएलको तेस्रो संस्करणमा कर्णाली याक्सको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?