आजदेखि एनपीएल, प्रधानमन्त्रीले दिए शुभकामना

साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।

आजदेखि सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणका अवसरमा उनले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री शाहले भनेका छन्, ‘एनपीएलमा सहभागी हुन आउनुभएका सबै अन्तरराष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु । यस सुन्दर खेल उत्सवको सफलताका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक शुभकामना ।’

एनपीएलको उद्घाटन खेल आज साँझ ५ बजेदेखि सुरु हुँदैछ । यसमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?