काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले पाउने पुरस्कार रकम सार्वजनिक गरेको हो ।
तेस्रो संस्करणको एनपीएल भोलि सोबार देखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने प्रतियोगिता नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा अघिल्ला दुवै संस्करणमा सहभागी भएका आठवटै टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया