इटालीमा क्रिस्टियानो रोनाल्डोको रोबर्ट लुक्स

काठमाडौं । विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो फुटबल दुनियाँका एउटा यस्ता तारा हुन् जसका फ्यान विश्वभरि नै छन् ।

इटालीको वियारिजियोमा कार्निवलका बेला रोनाल्डोको पेपरबाट एउटा स्टेच्यु बनाएर प्रदर्शनी गरिएको छ । यो स्टेच्युको उचाई ४ मंजिल बराबरको छ ।

यस कार्निभलको आयोजन विश्वभरमा लोकप्रिय तथा प्रसिद्ध आइडलको रुपमा मान्ने गरिन्छ । कार्निभलमा रोनाल्डोको यो विशेष स्टेच्युलाई रोबोट जस्तै लुक्स दिएर सिल्भर कलरले रंगाइएको छ ।

पोर्चुगलका चकलेट निर्माता जर्ज कारडोसेले चकलेटबाट रोनाल्डोको अनौठो स्टेच्यु बनाएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार स्वीट्जरल्याण्डको गिविसेज चकलेट फ्याक्ट्रीमा १ दशमलव ८७ मिटर लामो उक्त स्टेच्यु बनाउँनको लागि १२० किलो चकलेटको प्रयोग गरिएको थियो ।

यो पनि पढ्नुहोस् : सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?

संसारभरि नै दुई फुटबलर मेसी र रोनल्डोको जे कुरामा पनि टक्कर चलि नै रहन्छ । त्यसैले उनीरुका फ्यानहरु ऋाफ्नो मन परेको खेलाडीलाई ठूलो बनाउँनको लागि बिभिन्न कुराहरु गरि नै रहन्छन् ।

रोनाल्डोले खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल गरेका छन् । रोनाल्डोले २०१४ फेब्रुअरी ११ मा एथ्लेटिको म्याड्रिड विरुद्धको खेलमा सातौँ मिनेटमा गोल गरे पछि सो रेकर्ड बनेको बनाएका हुन् ।

उक्त रेकर्ड बनाउने उनी संसारकै पहिलो खेलाडी हुन् । रोनाल्डोले २२ चोटि ९० औँ मिनेटमा गोल गरीसकेका छन् ।

यो पनि पढ्नुहोस् : ९० मिनेटसम्मै हरेक मिनेटमा गोल गर्ने रोनाल्डो र इब्राहिमोबिच, मेस्सी कुर्दैछन्, १ र २ मिनेट

को हुन रोनाल्डो ?

रोनाल्डोको जन्म पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५ मा भएको हो । ७०० भन्दा बढी पटक गोल गरीसकेका रोनाल्डोको पुरा नाम क्रिस्टियानो रोनाल्डो डोस सान्टोस अभेरो हो । उनले आफ्ना जीवनमा धेरै मिठो र लोभलाग्दो सफलता हासिल गरेका छन् ।

रोनाल्डोले यसअघि २००८, २०१३, २०१४ तथा २०१६ र २०१७ मा बालोन डि ओर अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डोले खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल गरेका छन् । रोनाल्डोले २०१४ फेब्रुअरी ११ मा एथ्लेटिको म्याड्रिड विरुद्धको खेलमा सातौँ मिनेटमा गोल गरे पछि सो रेकर्ड बनेको बनाएका हुन् । उक्त रेकर्ड बनाउने उनी संसारकै पहिलो खेलाडी हुन् ।

अन्तर्राष्ट्रीय फुटबलका स्टार क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको आपसी प्रतिस्पर्धा कति छ त्यो सबैलाई थाहा नै छ । तर फुटबल प्रशंसकहरु र फ्यानहरुले यस्तो बनाएका छन् कि संसारले ठुलो दुश्मनीको उदाहरण दिँदा यीनैको नाम लिन बेर छैन ।

यो पनि पढ्नुहोस् :

फ्यानहरुको ‘भीडन्त’ बीच छायाँमा परेको रोनाल्डो र मेस्सीको सम्बन्ध

सन्यासपछि रोनाल्डो अंग्रेजी सुधार्ने मुडमा, फिल्म बनाउनेदेखि अरु के छन् चाहना ?

रोनाल्डो र मार्सेलोको लोभलाग्दो दोस्ती, कहिले मस्ती कहिले कुस्ती

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?