सन्यासपछि रोनाल्डो अंग्रेजी सुधार्ने मुडमा, फिल्म बनाउनेदेखि अरु के छन् चाहना ?

एजेन्सी । खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल गरेर दुर्लभ जित आफ्नो पोल्टामा पार्ने सफल र बुहुचर्चित खेलाडि हुन् पोर्चुगलका ३४ वर्षे खेलाडी हुन् रोनाल्डो ।

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको विश्वकप उपाधि बाहेकका सबै उपाधि हात पारिसकेका छन् ।

उनले ५ पटक ‘ब्यालोन डि ओर’ अवार्ड जितिसकेका छन् । त्यस्तै, रोनाल्डोले ४ पटक गोल्डेन बुट जितेका छन् । रोनाल्डो त्यस्ता प्रिय खेलाडी हुन् जसको फ्यान फलोईङमा वल्र्डमा नै दोस्रो नम्बरमा छ ।

रियल मड्रिडमा हुँदा ला लिगा तथा युभेन्ट्सबाट सिरि ए उपाधिका साथै क्लब विश्वकप, युरोकप लगायतका उपाधि हात पारिसकेका छन् रोनाल्डोले ।

रोनाल्डोले कहिले सन्यास लिन्छन् भन्नेभन्दा पनि उनको सन्यासपछिको करिअर कस्तो हुन्छ भन्ने चासोको विषय बनेको छ । रोनाल्डोले दुबईमा स्पोर्टस् अवार्ड कार्यक्रममा सहभागी हुँदै आफ्ना समर्थकलाई यस प्रश्नको उत्तर दिएका छन् ।

ग्लोबल सक्कर इभेन्ट २०१९मा बोल्दै रोनाल्डोले भने : ‘मैले जीवनमा सबै अवार्ड र उपाधि जितिसके । अब मैले कसैलाई म स्टार खेलाडी भनेर प्रमाणित गरिरहनु पर्छजस्तो लाग्दैन । संयोग होला मैले जहाँबाट खेले सबै स्थानमा जिते।’

उनी भन्छन् : ‘फुटबल भन्दा पछाडि पनि मेरो जीवन छ।’

रोनाल्डोले आफूले नयाँ जीवनको लागि आफूलाई तयार गरिरहेको बताउँदै आफूलाई अंग्रेजी सुधार गर्ने र हलिउड चलचित्र निर्माण गर्ने इच्छा भएको पनि बताए ।

उनले भने : ‘सन्यासपछिको जीवन चलचित्र हो, मैले जीवनमा सँधै नयाँ कुरा सिक्ने प्रयास मात्र गरे । म मेरो अंग्रेजी सुधार गर्न चाहन्छु र मेरो हलिउड चलचित्र बनाउने इच्छा पनि छ ।’

यो पनि पढ्नुहोस : 

सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?

९० मिनेटसम्मै हरेक मिनेटमा गोल गर्ने रोनाल्डो र इब्राहिमोबिच, मेस्सी कुर्दैछन्, १ र २ मिनेट

रोनाल्डो र मार्सेलोको लोभलाग्दो दोस्ती, कहिले मस्ती कहिले कुस्ती

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?