रोनाल्डो र मार्सेलोको लोभलाग्दो दोस्ती, कहिले मस्ती कहिले कुस्ती

तपाई फुटबल कत्तिको हेर्नुहुन्छ ? फुटबल स्टारका बारेमा रुची पनि राख्नुहुन्छ होला । अनि फुटबल स्टारहरु बिचको सम्बन्ध के कस्तो होला भनेर पनि सोचि रहनुभएको होला । धन्दा नमान्नुहोस् लोकपथकर्मी बिप्लव जम्कटेलले रोनाल्डो र मार्सेलोको सम्बन्धबारे तयार पारेको सामाग्री यहाँ प्रस्तुत गरिएको छ ।

विश्व फुटबलमा उत्कृष्ट लेफ्ट ब्याक मध्ये एकमा पर्ने ब्राजिलियन स्टार मार्सेलो सन् २००७ मा स्पेनिस रियल मड्रिडमा पुगेका थिए । त्यसको २ वर्षपछि अर्थात् सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पनि रियल मड्रिड पुगेका थिए। ९ वर्ष एकै क्लबमा रहँदा उनीहरु बिच विशेष सम्बन्ध विकास भयो नै साथै पारिवारिक सम्बन्ध पनि सुमधुर सम्बन्ध बनाएका थिए ।

सन् २००९ देखि सहकर्मी भएर खेलेका रोनाल्डो र मार्सेलोले लामो समय जर्सीमा बिताउँदा विशेष सम्बन्ध विकास गरे । रोनाल्डो आफ्नो सहकर्मी र साथी मात्रै नभएर परिवारका लागि पनि साथी भएको मार्सेलो बताउँछन् ।

रियल मड्रिडमा हुँदा मार्सेलो र रोनाल्डो मैदानभित्र मात्र नभई बाहिर पनि यी दुईबीच निकै गहिरो दोस्ती थियो । ९ वर्ष एकै जर्सीमा रहेर व्यक्तिगत र पारिवारीक रूपमा पनि सुमधुर सम्बन्ध बनाएका थिए मार्सेलो र रोनाल्डोले । उनीहरूको मित्रता अहिले पनि धेरैका लागि उदाहरण बनेको छ ।

तर, पोर्चुगिज स्टार रोनाल्डो ९ वर्षपछि रिल मड्रिड छाडेर २०१८ मा इटालियन युभेन्टसमा पुगे । उनले ९ वर्षपछि रिल मड्रिड छाडेर इटाली जाँदा मार्सेलोसँगको सोझो सहकार्य त टुट्यो नै, उनीहरू बीचको मित्रतामा पनि दूरी बढ्यो । ९ वर्ष एकै जर्सीमा रहेर व्यक्तिगत र पारिवारिक रूपमा पनि सुमधुर सम्बन्ध बनाएका उनीहरू सहकार्य र दुरीका हिसाबले टाढा भए ।

रोनाल्डोले रियल छाडेको करिब ८ महिनापछि मार्सेलोले आफ्ना खास साथी तथा पूर्व सहकर्मीलाई सम्झेका थिए । एक अन्तर्वार्तामा मार्सेलाले रोनाल्डो आफ्नो खेल करिअरमा जोडिएका साथीमध्ये सबैभन्दा नजिकका साथी रहेको बताएका थिए।

त्यत्ति मात्रै हैन, मार्सेलोले रोनाल्डो गएपछि आफूले थुप्रै रात एक्लै रोएर बिताएको पनि बताएका छन् । यो बाट थाहा हुन्छ की उनीहरुको दोस्ती कस्तो थियो ।

मार्सेलाले रोनाल्डोले रियल छाडेपछि सुरुका केही समय आफूलाई निकै मुस्किल परेको बताएका थिए। ‘टोलीमा सहकर्मीका हिसाबले उनलाई मैले मात्रै नभएर सबैले मिस गरे,’ तर, त्योभन्दा बढी मैले मिस गरें,’ नढाँटी भन्नुपर्दा उनी गएपछि मैले थुप्रै रात उनलाई सम्झेर रोएँ।’ उनले भनेका थिए ।

रोनाल्डोले पनि मार्सेलो आफ्नो सहकर्मी र साथी मात्रै नभएर परिवारका लागि पनि साथी भएको बताए । ‘उनी मेरा मात्रै साथी थिएनन्, मेरो परिवारका लागि उनी नजिकका शुभचिन्तक थिए। त्योभन्दा बढी मेरा छोरा र उनको छोराबीच झन् बढी मित्रता थियो ।

तस्वीर, भिडियो एजेन्सीहरुबाट

यो पनि पढुनुहोस् :

सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?

९० मिनेटसम्मै हरेक मिनेटमा गोल गर्ने रोनाल्डो र इब्राहिमोबिच, मेस्सी कुर्दैछन्, १ र २ मिनेट

रोचक इतिहास बोकेको फुटबल : यसकारण सबैभन्दा लोकप्रिय, नेपाल आउनै लाग्यो १४ वर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?