फ्यानहरुको ‘भीडन्त’ बीच छायाँमा परेको रोनाल्डो र मेस्सीको सम्बन्ध

काठमाडौं । फुटबल ‘स्टार’ भन्नासाथ पोर्चुगल स्टार रोनाल्डो र अर्जेन्टिनाका स्टार मेस्सीकै नाम आउँछ । फुटबल खेल्ने शैली, सेलिब्रेसन, ड्रिब्लिङ स्किल आदिले पनि फुटबलरको खेल कौशलतालाई मूल्याङ्न गर्न मद्दत गर्दछ । मेस्सी र रोनाल्डोको पनि आआफ्नै खेल्ने तरिका छ । उनीहरुको सम्बन्ध मैदानमा मात्र होइन वास्तविक जीवनमा पनि उत्तिकै प्रगाढ छ । दुवैजना सभा समारोहमा भेटिरहन्छन् । भेट्दा एकअर्कासँग अङ्कमाल गर्छन्, गफ गर्छन् ।

तर उनीहरुको फ्यानका बीचमा यति धेरै टसल हुन्छ कि ती फ्यानहरुले ‘रोनाल्डो र मेस्सीलाई’ एकअर्काको ठूलो दुश्मनका रुपमा चित्रित गरिरहेका हुन्छन् । यो कुरा स्वयम् रोनाल्डो र मेस्सीलाई समेत थाहा छ ।

कसैले मेस्सी नम्बर एक भन्छन त कसैले रोनाल्डो । यसमा फ्यानहरुको आ–आफ्नै तर्क हुन्छ । मेस्सी र रोनाल्डोबीच को सर्वोकृष्ट भन्ने विषयमा सधै विवाद हुने गर्छ । रोनाल्डो र मेस्सीका समर्थकहरु विश्वभर छरिएर रहेका छन् । रोनाल्डो त्यस्ता प्रिय खेलाडी हुन् जसको फ्यान फलोइङ विश्वमै दोस्रो नम्बरमा छ । तर, यी दुईका समर्थकबीच सधै को उत्कृष्ट खेलाडी ? भन्ने विषयमा खटपट हुने गर्छ ।

को हुन मेस्सी ?

लियोनल मेस्सी, फुटबल इतिहासकै सवैभन्दा उत्कृष्ट खेलाडी हुन् । किनभने धेरै मानिसहरु मेस्सीलाई जेनेरेशनको सर्वोकृष्ट खेलाडीको रुपमा लिने गर्छन् । विश्वभरी उनका करोडौ प्रशंसक र समर्थक छन् । फुटबल स्टार लियोनल मेस्सीको जन्म सन् १९८७ को जुन २४ मा अर्जेन्टिनाको रारियो क्षेत्रमा भएको थियो । २००४ मा बार्सिलोनामा आएपछि उनले ९ वटा लिग उपाधि ५ वटा कोपा डेल रे, ७ वटा सुपर कोपा डे इस्पानिया, ४ वटा च्याम्पियन्स लिग, तीनवटा युइएफए सुपर कप र तीनवटा फिफा क्बल वल्र्ड कप उपाधि जितेका छन् । उनको नाममा ३९ वटा रेकर्ड दर्ता छन् ।

को हुन रोनाल्डो ?

रोनाल्डोको जन्म पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५ मा भएको हो । ७०० भन्दा बढी पटक गोल गरीसकेका रोनाल्डोको पुरा नाम क्रिस्टियानो रोनाल्डो डोस सान्टोस अभेरो हो । उनले आफ्ना जीवनमा धेरै मिठो र लोभलाग्दो सफलता हासिल गरेका छन् ।

रोनाल्डोले यसअघि २००८, २०१३, २०१४ तथा २०१६ र २०१७ मा बालोन डि ओर अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डोले खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल गरेका छन् । रोनाल्डोले २०१४ फेब्रुअरी ११ मा एथ्लेटिको म्याड्रिड विरुद्धको खेलमा सातौँ मिनेटमा गोल गरे पछि सो रेकर्ड बनेको बनाएका हुन् । उक्त रेकर्ड बनाउने उनी संसारकै पहिलो खेलाडी हुन् ।

न्तर्राष्ट्रीय फुटबलका स्टार क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको आपसी प्रतिस्पर्धा कति छ त्यो सबैलाई थाहा नै छ । तर फुटबल प्रशंसकहरु र फ्यानहरुले यस्तो बनाएका छन् कि संसारले ठुलो दुश्मनीको उदाहरण दिँदा यीनैको नाम लिन बेर छैन ।

रोनाल्डोको सबल पक्ष

रोनाल्डो पोर्चुगलका लागि महान र सर्वोत्कृष्ट फुटबलरको रुपमा चिनिन्छन् । मेस्सी अझैपनि म्याराडोनाको छायामा रहेका छन् जसले गर्दा     मेस्सीको नाम म्याराडोनापछि मात्र आउने गर्छ ।
रोनाल्डो क्रस बल र कर्नरमा सधै खतरनाक र विपक्षीको टाउको दुखाई बन्छन् किनकी उनको उत्कृष्ट हेडिङमा गोल गर्ने क्षमता छ ।

रोनाल्डो तिव्र गतिका खेलाडी हुन् । रोनाल्डोले आफ्नो तिव्र गतिले विपक्षी डिफेन्डरलाई सहजै बिट गर्न सक्छन् । रोनाल्डोले दाँया, बाँया         खुट्टा प्रयोग गर्छन् ।
रोनाल्डोले देशका लागि एक मुख्य अन्तर्राष्ट्रिय उपाधि यूरो कप जितेका छन् ।
५ पटकका बालोन डि’ओर विजेता ।

–  ४ पटक यूरोपियन गोल्डेन सुज (सुनको जुत्ता ) विजेता ।

मेस्सीको सबल पक्ष

विभिन्न फुटबलरहरु भन्ने गर्छन ‘उनी यो पृथ्वीकै होइनन्, ‘एलियन’ जस्ता लाग्छ ।’

६ पटकका बालोन डि’ओर विजेता ।

–  पाँच पटक युरोपियन ‘गोल्डेन सुज’ (सुनको जुत्ता ) विजेता ।

बल ड्रिबलिङ गर्ने अद्भुद क्षमता मेस्सीमा छ ।

–  कम बोल्ने स्वभाव चुपचाप नै बस्न मन पराउने मेस्सी जब बोल्छन मानिसहरु उनलाई सुन्न आतुर हुन्छन् । शान्त भएर सबै कुरा सुनिरहेका हुन्छन् । किनभने केही महत्वपूर्ण कुरा भन्नुपर्दा मात्रै बोल्छन् ।

यी दुवै खेलाडीले अलिहेसम्म विश्वकप उचाल्न पाएका छैनन् । मेस्सीले २०१४ को विश्वकप फाइनल खेल्न पाए । रोनाल्डोले त त्यही मौका पनि पाएका छैनन् ।

रोनाल्डो र मेस्सी समर्थकबीच सधै उत्कृष्ट खेलाडीको विषयमा खटपट हुने गर्छ । सामाजिक संजालमा विभिन्न ग्रुप पेज खेलेर उत्कृष्ट खेलाडी रोनाल्डो की मेस्सी भन्ने विषयमा खटपट हुने गर्छ ।

रोनाल्डो र मेस्सी समर्थकबीच को उत्कृष्ट खेलाडी भन्ने विषयमा भएको खटपटहरु :

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?