पोखरामा निशानको कम्प्याक्ट एसयूभी न्यू टेरानो गाडी बजारमा

पोखरा, १३ माघ । पोखरामा कम्प्याक्ट एसयूभी न्यू टेरानो गाडी बजारमा बिक्री सुरु भएको छ व्यावसायिक, सामाजिक क्षेत्रमा सक्रिय सिभिको ग्रुपअन्तर्गत गण्डकी धौलागिरि क्षेत्रका लागि निशान ब्रान्डका गाडीको आधिकारिक बिक्रेता प्रिमियम मोटर्स प्रालि पोखराले विश्वका दुई सय ८० अवार्ड जित्न सफल कम्प्याक्ट एसयूभी न्यू टेरानो सार्वजनिक गरेको हो । नेपालका लागि यसको आधिकारिक बिक्रेता भने पायोनियर मोटोकर्प रहेको छ त्यस्तै, सिभिको गु्रपका अध्यक्ष सुन्दरविजय कोइराला र निर्देशक लक्ष्मण पोखरेलले प्रदेश ४ को राजधानी पोखरामा न्यू टेरानो गाडी सार्वजनिक गरेका थिए । कार्यक्रममा सिभिको ग्रुपका प्रबन्ध निर्देशक सिरोजविजय कोइरालाले सबैभन्दा सुरक्षित, प्रिमियम ह्याचब्याककै मूल्यमा लक्जरी र सेफ्टी फिचर भएको एसयूभी न्यू टेरानो युवापुस्तालाई लक्ष्य गरिएकाले ग्राहक वर्गलाई स्मार्ट र वोल्डको अनुभूति गराउने बताए निशान टेरानोको मूल्य ४३ लाखदेखि ५४ लाख रुपैयाँसम्ममा उपलब्ध रहेको प्रबन्ध निर्देशक कोइरालाले जानकारी दिए न्यू टेरानोमा प्रिमियम डुअल टोन इन्टेरियर, लेदर सिट, कुज कन्ट्रोल, ७.० इन्च टच स्क्रिन नेभिगेसन, न्यू स्टिरिङ, माउन्टेनरअडियोरफोन कन्ट्रोल र वान टच लेन इन्डिकेटरलगायत २२ नयाँ आकर्षक विशेषता छन् । शक्तिशाली इन्जिन ११० पीएस (डिजेल टी एचपी) र १.६ लि. (१०४ पीएस) पेट्रोलका लागि रहेको कार्यक्रममा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?