कुन-कुन देशमा फैलियो कोरोना भाइरस, कति सङ्क्रमित ?

काठमाडौं । कोरोनाभाइरस चीनमा मात्र नभइ अन्य १२ देशमा पनि फैलिसकेको छ । तर प्रभावित व्यक्तिको सङ्ख्या भने उक्त देशहरुमा चीनमा भन्दा कम छ ।

अहिलेसम्म चीनबाहिर कम्तीमा ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन तथा सम्बन्धित देशले बताएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति एशिया, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा पनि भेटिएका छन् ।

थाईल्यान्ड :
अमेरिका, अस्ट्रेलिया : ५-५
सिङ्गापुर, ताइवान, मलेशिया : ४-४
फ्रान्स, जापान : ३-३
दक्षिण कोरिया, भियतनाम :  २-२
नेपाल, क्यानडा : १-१

यूकेमा परीक्षण गरिएका ३१ व्यक्तिमा कोरोनाभाइरस नभेटिएको सरकारले जनाएको छ । चीनको हुबेबाट भर्खरै फर्किएका झन्डै २,००० व्यक्तिको स्थिति पत्ता लगाउन अधिकारीहरूले खोजिरहेका छन् ।

चीनमा कोरोनो भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ ।
अधिकारीहरूले बताए अनुसार भाइरसको सङ्क्रमणका कारण ८० जनाको ज्यान गईसकेको र झन्डै ३,००० जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

एजेन्सी

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?

चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु

चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू  ?

चीनमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याउन समस्या

कोरोना भाइरस : उपचार गर्ने डाक्टरकै मृत्यु

कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, नौ शहरमा सार्वजनिक यातायात बन्द

कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

ट्रम्पले दिए राष्ट्रपति सी लाई धन्यवाद

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार प्रभावित

कोरोनो भाइरस अपडेट : मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो, ३,००० जनामा सङ्क्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?