राष्ट्र बैंकको वेबसाइट बन्द, सामाजिक सञ्जालबाट सूचना प्रवाह गरिने

लोकपथ
0
Shares

काठमाडौं । विश्वव्यापी रूपमा वेब प्रविधि पीएचपी (PHP) मा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट तथा सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।

राष्ट्र बैंकले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट तथा सेवाहरू अस्थायी रूपमा बन्द गर्नुपरेको जनाएको हो ।

वेबसाइट तथा सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति राष्ट्र बैंकले क्षमा मागेको छ। वेबसाइट बन्द रहेको अवधिमा बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारी आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने पनि बैंकले स्पष्ट पारेको छ ।

विश्वव्यापी रूपमा देखिएको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै राष्ट्र बैंकले देशभरका बैंक तथा वित्तीय संस्थाहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।

त्यसैगरी, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक तथा रेमिट्यान्स कम्पनीहरूलाई आफ्ना सर्भरमा प्रयोग भइरहेका प्रणालीको सुरक्षा मजबुत बनाउन र नियमित निगरानी बढाउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?