इरानले सम्झौता नगरे फेरि सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता नगरे फेरि सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएका छन् । उनले यसअघि सञ्चालन गरिएको ‘एपिक फ्युरी’ अभियानजस्तै अर्को सैन्य अभियान चलाउन सकिने बताएका हुन् ।

शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा अर्को सैन्य अभियान सञ्चालन गर्ने दुई विकल्प रहेको बताए ।

उनले इरानले गम्भीर रूपमा वार्ता गर्नुपर्ने र सम्झौताको प्रस्ताव ल्याउनुपर्नेमा जोड दिए । तर, इरानले त्यसका लागि पहल गर्नेमा आफूलाई शंका रहेको पनि उनले बताए ।

ट्रम्पले इरानको अर्थतन्त्र कमजोर रहेको दाबी गर्दै अमेरिकी कारबाहीका कारण इरानले ठूलो आर्थिक तथा सैन्य क्षति बेहोरेको बताए ।

यसअघि शुक्रबार नै ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य गर्न सकिने बताएका थिए । तर, युद्ध तत्काल अन्त्य गर्ने प्रयास गर्ने वा क्रमशः युद्धको अवस्था कम हुँदै जान दिने भन्ने विषयमा उनले स्पष्ट निर्णय दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?