सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल क्रिकेट च्यालेन्ज’ सुरु

लोकपथ
0
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ ।

बैंकले क्रिकेटप्रेमी तथा ग्राहकलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले यो गेम सुरु गरेको हो ।

मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । गेममा एनपीएलका आठ टोलीमध्ये आफूलाई मनपर्ने टोली छनोट गरी ब्याटिङ तथा बलिङ गर्न सकिनेछ ।

गेममा ब्याटिङ गर्दा बनाएको प्रत्येक रनबापत एक लोयल्टी पोइन्ट र बलिङ गर्दा लिएको प्रत्येक विकेटबापत ६ लोयल्टी पोइन्ट प्राप्त हुनेछ ।

सिद्धार्थ बैंकमा बचत खाता भएका ग्राहकले गेमबाट आर्जन गरेका पोइन्ट सिद्धार्थ रिवार्ड्स प्लेटफर्ममार्फत रिडिम गर्न सक्नेछन् । बैंकमा खाता नभएका प्रयोगकर्ताले पनि गेम खेल्दै पोइन्ट संकलन गर्न पाउनेछन् । तर, ती पोइन्ट प्रयोग गर्न भने सिद्धार्थ बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ सेवा लिनुपर्नेछ ।

बैंकले क्रिकेटको लोकप्रियतालाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहकको सहभागिता बढाउने र बैंकिङ अनुभवलाई थप मनोरञ्जनात्मक तथा आकर्षक बनाउने उद्देश्यले यो पहल गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?