काठमाडौं। १० औं नेफ्टा फिल्म अवार्ड नेपालमा आयोजना हुने भएको छ।
चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’को १०औं संकरण आउँदो १५ चैत्रमा टुँडिखेलमा हुने भएको हो ।
यस अघिका ४ वटा संकरण प्राविधिक संघले विदेशमा आयोजना गरेको थियो। विगत दुई वर्ष यता यो अवार्ड आयोजना हुन सकेको थिएन।
‘नेफ्टा फिल्म अवार्ड’को ९ औं संकरण २०७३ सालमा युएईमा भएको थियो।
आज काठमाडौंमा पत्रकार सम्मेलनकाबीच नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्यले यो संस्करण नेपालमा गर्न लागिएको हो । नेफ्टा अवार्ड कार्यक्रमलाई ‘ड्रिम हाइ नेपाल’ले सहयोग गर्नेछ।
नेफ्टा अध्यक्ष पुष्कर लामाले विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिने बताएका छन् । ‘पपुलर चलचित्र’, ‘पपुलर नायक’, ‘पपुलर नायिका’, ‘जनजाती फिल्म’ तथा ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड पनि प्रदान गरिने पनि उनले बताए ।
घोषणा कार्यक्रममा नायक राजेश हमाल, भुवन केसी, बसुन्धारा भुसाल लगायत उपस्थित थिए । उनीहरुले प्राविधिकहरूको योगदान चलचित्र क्षेत्रमा उल्लेख
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया